२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

सम्पती शुद्धिकरण र गोएमल सम्बन्धी तालिम

  • २०८० चैत्र ३०, शुक्रबार मा प्रकाशित २ हप्ता अघि
  • ६४ पाठक संख्या
  • काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा  सम्पती शुद्धिकरण र गोएमल सम्बन्धी तालिम सम्पन्न भएको छ ।

    काभ्रे जिल्लामा संचालित सहकारी संस्थाहरूका संचालक र कार्यान्वयन अधिकारीहरूका लागि लक्षित गरी तालिमको आयोजना गरिएको थियो ।

    काभ्रेको होटल उग्रचण्डीमा संचालित २ दिने तालिममा जिल्लामा संचालित २८ सहकारी संस्थाका ४० जनाको सहभागिता रहेको जिल्ला बचत संघका तालिम अधिकृत रवि केसीले जानकारी दिए ।  तालिममा नेपाल राष्ट्र बैंकका पूर्व   निर्देशक श्यामकृष्ण दाहालले सहजिकरण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस