२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

बनेपा–बाँसडोल चल्ने बस भैसेपाटीमा दुर्घटना, १२ जना घाइते

  • २०८० चैत्र १२, सोमबार मा प्रकाशित २ हप्ता अघि
  • ४१ पाठक संख्या
  • बनेपा–बाँसडोल चल्ने बस दुर्घटनामा परेको छ । बाँसडोलबाट बनेपा आउँदै गरेको बा २ ख ९४५६ नम्बरको बस भैसेपाटीमा घरमा गएर ठोक्किँदा १२ जना घाइते भएका छन् ।

    घाइते हुनेमा बस चालक २५ वर्षिया मिलन सापकोटा, बनेपा वडा नं १२ की २२ वर्षिया सविता थापा, सोहि स्थान बस्ने ६१ वर्षिया देवकी राउत, ३६ वर्षिया अनिता कार्की ,३९ वर्षिया मिनु कार्की,३९ वर्षिया प्रिया भुजेल, २४ वर्षिया रिता भुजेल उनकी ११ महिनाकी छोरी बिन्दा भुजेल, ४५ वर्षिया सुशिला भुजेल, ६५ वर्षिया अचुत प्रसाद वाग्ले ,सहचालक १९ वर्षिया महेश थापा मगर र भक्तपुर ८ की २४ वर्षिया रुबिना राउत रहेका छन् ।

    घाईतेहरुको शिरमेमोरीयल अस्पताल बनेपामा उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    बस बस आफैअनियन्त्रीत भई शिवप्रसाद ज्ञावलीको साढे दुई तल्ला पक्की घरको गेटमा ठक्कर दिएको र बस घटना स्थलमा नै रहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस