२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

नाईटिङ्गेलका एसकेजीका विद्यार्थीहरुको ९ औ दीक्षान्त, ६१ जना भाईबहिनीहरु दीक्षित

  • २०८० चैत्र १०, शनिबार मा प्रकाशित ३ हप्ता अघि
  • ६४ पाठक संख्या
  • बनेपा नगरपालिका वडा नम्वर १० जनागालमा रहेको नाईटिङ्गेल एकेडेमीमा अध्ययनरत एसकेजीका विद्यार्थीहरू  दीक्षित भएका छन ।

    शनिबार बिद्यालयमा आयोजना भएको ९ औ दीक्षान्त तथा  एसईई २०७९ मा उर्तिण विद्यार्थीहरुको फेयरवेल कार्यक्रममा एसकेजीका ६१ जना  भाईबहिनीहरु दीक्षित भए ।

    उनीहरुले आफ्नै मौलिक भाषामा सिकेका विषय र ज्ञानलाई कुशल र सक्षम तरिकाले प्रस्तुत गरेका थिए । नेवारी, तामाङ, अंग्रेजी, नेपाली तथा अन्य भाषाहरुमा बालबालिकाहरुले परिचय दिएका थिए ।

    कार्यक्रमको बरिष्ठ साहित्यकार तथा शिक्षाविद् मोहन दुवालले उद्घाटन गरे । उनले बालबालिकाहरुलाई दिने शिक्षा र संस्कारले मुलुकको चित्रण गर्ने बताए ।

    कार्यक्रममा बिद्यालयका अध्यक्ष रत्नकुश रञ्जितकारले विद्यालयले पाठ्यक्रममा भएका विषयलाई मात्रै नभई ब्यवहारीक र पारिवारीक संस्कार सहितको सांस्कृतिक, नैतिकवान शिक्षा प्रदान गरिएको बताए ।

    प्रिन्सिपल उमा बस्नेतले विद्यालयले प्रदान गरिरहेको समग्र शिक्षा, आगामी शैक्षिक सत्रका योजना र विद्यार्थीहरुले विद्यालयबाट सिकेर जाने ज्ञानलाई प्राथमिकता दिएको बताईन् ।

    कार्यक्रममा बनेपाका वडा अध्यक्षहरु चन्द्रबहादुर खड्का र रामबहादुर कुँवर, अतिरिक्त कृयाकलाप प्रमुख विक्रम प्रजापति, पुण्यश्वरी मानन्धर लगायतले मन्तव्य राखेका थिए ।

    विद्यालयमा ८ सय भन्दा धेरै विद्यार्थीहरुले अध्ययन गरिरहेका छन ।

    प्रतिक्रिया दिनुहोस