२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

भुम्लु गाउँपालिका र काभ्रेपलान्चोक सेवा समाज कतारको समन्वयमा एम्बुलेन्स

  • २०८० चैत्र ९, शुक्रबार मा प्रकाशित ३ हप्ता अघि
  • ९९ पाठक संख्या
  • भुम्लु गाउँपालिकाले नै व्यवस्थापन गर्ने गरी भुम्लु गाउँपालिका र काभ्रेपलान्चोक सेवा समाज, कतारको आर्थिक सहयोगमा खरिद गरिएको एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ ।

    गाउँपालिकाको ९ लाख ८ हजार तथा काभ्रेपलाञ्चोक सेवा समाज, कतारको ११ लाख आर्थिक सहयोगपछि भन्सार छुटमा टाइप (बी) एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदर्शन भट्टराईले जानकारी दिए ।

    बिहिबार एक कार्यक्रम गरी गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल, उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा) ले एम्बुलेन्स सेवा सेवा शुभारम्भ गरे ।

    गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले आफ्नो जन्मभूमी र स्वदेशको माया गरेर सहयोग गरेको भन्दै सहयोग गर्ने सबैमा आभार प्रकट गरे ।

    गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा) ले साविक सापिङ, सिम्थली, चौवास लगायतका क्षेत्रमा एम्बुलेन्स निकै प्रभावकारी हुने भन्दै गाउँपालिकाले व्यवस्थित रुपमा संचालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    काभ्रेपलाञ्चोक सेवा समाज, कतारका निवर्तमान अध्यक्ष सागर अधिकारीले न्यून पारिश्रमिक लिएर कतारमा कार्यरत काभ्रेलीको परिश्रमबाट संकलित रकम सहयोग गरेको भन्दै सदुपयोग हुने विश्वास व्यक्त गरे ।

    हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, भुम्लु गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक अन्चलकुमार लामा, दोलालघाट उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश कक्षपति, दुलालेश्वर वातावरणिय तथा समाज सेवा क्लवका अध्यक्ष अष्टबहादुर श्रेष्ठ, समृद्ध दोलालघाट टोल विकास संस्थाका अध्यक्ष धनध्वज तामाङले उक्त क्षेत्रको लागि एम्बुलेन्स अत्यावश्यक भएको भन्दै सहयोगी सबैमा आभार प्रकट गरे ।

    प्रतिक्रिया दिनुहोस