२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

युक्रेनी सेनाको बन्धक बनेका काभ्रेका सिद्धार्थ ढकाल सहित पाँच नेपाली सार्वजनिक

  • २०८० चैत्र ३, शनिबार मा प्रकाशित ४ हप्ता अघि
  • २१४ पाठक संख्या
  • युक्रेनले बन्धक बनाएका पाँच जना नेपालीलाई सार्वजनिक गरेको छ।

    अवैध बाटो हुँदै रुसी सेनामा भर्ती हुन पुगेका पाँच जना नेपालीलाई युक्रेनी सेनाले सार्वजनिक गरेको हो।

    युक्रेनी सेनाको कब्जामा रहेका काभ्रेपलान्चोकका सिद्धार्थ ढकाल लगायत बर्दियाका विवेक खत्री, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन सार्वजनिक भएका हुन्। अर्का एक नेपालीको भने पहिचान खुलेको छैन।

    रुसको सैन्य पोसाकमै सार्वजनिक गरिएका पाँचै जना सुरक्षित छन्। युक्रेनले पाँच नेपाली सहित विभिन्न देशका आठ जनालाई सार्वजनिक गरेको छ। युक्रेनले सार्वजनिक गरेको बन्दीहरू क्युबा, सेमालिया र सेरेआलियोनका नागरिकहरू रहेका छन्।

    पत्रकारहरूको उपस्थितिमा सार्वजनिक गरिएका केही नेपालीले आफ्नो कुराहरू समेत व्यक्त गरेका छन्। बर्दियाका विवेक खत्रीले आफू एक वर्ष देखि रुसमा रहेको र आफ्ना साथीहरू रुसी सेनामा भर्ती भएपछि राम्रो हुने सुनेर आफू पनि भर्ती हुन आएको बताए।

    मोरङ लेटाङका विकास राईले टिकटकमा रुसी सेनामा भर्ती भएका नेपालीहरूको भिडिओ देखेर आफू रुस पुगेको बताए। रुस पुगेपछि सबै प्रक्रिया हुन्छ भनेपछि आफू पर्यटक भिसामा रुस पुगेको र सेनामा भर्ती भएको उनले पत्रकारहरुसंग भनेका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स र बीबीसीले जनाएका छन्।

    प्रतिक्रिया दिनुहोस