२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

पाँचखालमा स्वीमिङ सहितको गार्डेन ट्री हाउस रिसोर्ट सञ्चालनमा

  • २०८० चैत्र २, शुक्रबार मा प्रकाशित ४ हप्ता अघि
  • ३१९७ पाठक संख्या
  • पाँचखालमा स्वीमिङ सहितको गार्डेन ट्री हाउस रिसोर्ट सञ्चालनमा आएको छ ।

    भोलि चैत्र ३ गतेबाट सञ्चालन हुन लागिरहेको रिसोर्टमा पाँचखाल क्षेत्रमै पहिलोपटक स्वीमिङ पुल सहितको सुविधा छ ।

    ८ रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्टमा सुविधा सम्पन्न एटेच ट्वाइलेट सहितको रूम, चिल्ड्रेन पार्क, ८ सय जना सम्मको कुनै पनि कार्यक्रम गर्न सक्ने स्थल, स्वीमिङ पुल सहित संचालनमा आएको संचालक प्रविण सापकोटाले जानकारी दिए । सापकोटा सहित ६ जना स्थानीयहरुले झण्डै ३ करोड लगानी गरेको रिसार्ट संचालनमा आएपछि गर्मी छल्न सुकुटे लगायत विभिन ठाउँमा स्वीमिङ गर्न जानु पर्ने वाध्यता हट्ने छ ।

    रिसोर्टमा पारिवारिक, विजनेस लगायतका प्याकेजहरु सञ्चालन हुनेछन् ।

     

    प्रतिक्रिया दिनुहोस