२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

चैत्र ३ र ४ गते नेकपा एस काभ्रेको जिल्ला सम्मेलन, ४ सय ७६ जना प्रतिनिधिहरु छनौट

  • २०८० चैत्र १, बिहिबार मा प्रकाशित १ महिना अघि
  • ९५ पाठक संख्या
  • नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) काभ्रेको १० औं जिल्ला अधिवेशन चैत्र ३ र ४ गते बनेपामा हुने भएको छ ।

    बनेपामा १० औँ अधिवेशनको तयारीबारे पत्रकार सम्मेलन गर्दै अधिवेशनको तयारी सकिएको तथा पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिइयो । अधिवेशनको लागि वडा, नगर गाउँ तथा जनवर्गिय संगठनहरुबाट ४ सय ७६ जना प्रतिनिधिहरु छनौट भइसकेका छन् ।

    जिल्ला अध्यक्ष बसुन्धारा हुँमागाईंले काभ्रेमा साँढे दुई वर्षमा ३ हजार ९ सय ६६ संगठित पार्टी सदस्यहरु विस्तार भएको तथा १३५ वटा वडाहरुमध्ये हालसम्म ११७ वटा वडाबाट अधिवेशनमा प्रतिनिधि छनोट भइसकेको जानकारी दिए । त्यस्तै ३ हजार ९ सय ६६ संगठित सदस्य समेत रहेको जिल्लामा भातृ संगठनको रुपमा जिल्लाभर २२ वटा जनवर्गीय संगठन रहेको जानकारी दिए । सबै क्षेत्रबाट समेटिएर जिल्ला कमिटीमा ४० वर्षमुनि उमेर समूहका कम्तीमा २० प्रतिशत संलग्नता हुने गरी प्रतिनीधि छनोट भएको उनको दावी छ । जिल्ला कमिटी ५५ देखि ६१ जना सदस्यीय भित्र ३३ प्रतिशत महिलाहरुको पनि सहभागिता हुने उनले बताए ।

    उत्पीडित, दलित समुदाय, अल्पसंख्यक तथा अति सीमान्तकृत समुदाय र अपागंता भएका ब्यक्तिको समेत अब बन्ने जिल्ला कमिटीमा प्रतिनिधित्व हुने उनले दावी गरे । अधिवेशन पछि काभ्रे जिल्लामा पार्टी संगठित सदस्य १० हजार पु¥याउने लक्ष्य लिएको समेत हुमागाईले बताए ।

    कार्यक्रममा केन्द्रीय महासचिव घनश्याम भुषाल समेत आउने जनाईएको छ ।

    विहिबार भएको पत्रकार सम्मेलनमा जिल्ला इन्चार्ज टोकबहादुर वाईवा, प्रचारप्रसार विभाग प्रमुख सरोज कुईकेल, प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष धु्रव रायमाझी लगायतपार्टीका विभिन्न तहका नेताहरुको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस