२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

आदर्श बाल विकास केन्द्रको ३६ औं स्थापना दिवस, बौद्धिक अपाङ्गताहरुले बनाएको सामाग्री प्रदर्शनी

  • २०८० चैत्र १, बिहिबार मा प्रकाशित १ महिना अघि
  • ९५ पाठक संख्या
  • बनेपा ९ मा रहेको आदर्श बाल विकास केन्द्र बिद्यालय (बौद्धिक अपाङ्ग) को ३६ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरेर भब्यताका साथ सम्पन्न भएको छ ।

    विद्यालय प्राङ्गणमा आयोजना भएको कार्यक्रममा सरस्वती पुजा, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्मित भवनमा सिपमुलक तालिमबाट सिकेर बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुबाट उत्पादन भएको सामानको प्रदर्शन, स्वास्थपरीक्षण, पुरस्कार, सम्मान तथा पारिश्रमिक बितरण गरेर स्थापना दिवस मनाइएको विद्यालय व्यवसथापन समितिका अध्यक्ष रामकुमार मुल्मीले जानकारी दिए ।

    कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवं नेपाली काँग्रेसका बागमती प्रदेशका महामन्त्री कन्चनचन्द्र वादेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बनेपा नगर प्रमुख शान्ति रत्न शाक्य, उपप्रमुख बिमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाइ, सुस्तमनस्थिती महासंघका केन्द्रीय अध्यक्ष लम्बोदर कायस्थ, राजु सरकार, डा भूषण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

    सहभागिहरुलाई कृष्णप्रसाद अस्पतालको सहयोगमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

    बौद्धिक अपाङ्गताहरुले बनाएको सामाग्री विक्री कक्ष उद्घाटन

    आदर्श बाल विकास केन्द्र बिद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्याथीहरु आफैले बनाएको सामाग्रीहरु विक्री गर्ने कक्ष उद्घाटन भएको छ ।

    विद्यार्थीहरुले बनाएका व्यवसायिक उत्पादन भएका सामाग्री राख्न र विक्री गर्न बनाईएको सटर सहितको भवन बागमती प्रदेश सभा सदस्य एवं नेपाली काँग्रेसका बागमती प्रदेशका महामन्त्री कन्चनचन्द्र वादे र बनेपा नगर प्रमुख शान्ति रत्न शाक्यले संयुक्त रुपमा उद्घाटन गरे । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्मित भवनमा सिपमुलक तालिमबाट सिकेर बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुबाट उत्पादन भएको सामानको प्रदर्शन गर्न सहज हुने प्रधानाध्यापक मैया वादेले जानकारी दिईन । भवन निर्माणको लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत १० लाख सहयोग भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस