२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

भिजिट भिसामा रुस पुगेका पाँचखाल ८ का निकास तामाङको उद्धार भएन

  • २०८० चैत्र १, बिहिबार मा प्रकाशित १ महिना अघि
  • ७३८ पाठक संख्या
  • काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ का निकास तामाङले उद्धार गरी आफूलाई नेपाल फर्काउन सरकारसँग आग्रह गरेको डेढ महिना बितिसकेको छ । तर, उनको उद्धार हुन सकेको छैन ।

    एजेन्टले झुक्याएर उनलाई रुस पुर्‍याई त्यहाँको सेनामा भर्ती गराइएको थियो । त्यसपछि उनलाई युक्रेनसँगको युद्धमा खटाइएको थियो । उनलाई भिजिट भिसामा रुस लगिएको थियो ।

    युक्रेनसँगको युद्धका क्रममा खुट्टामा गोली लागी घाइते भएपछि उद्धार गरी आफूलाई फर्काउन उनले नेपालमा रहेका परिवारसँग अनुरोध गरेका थिए । तामाङका भाइ उमेशले गएको माघ १० गते परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागमा रुसबाट आफ्नो दाइलाई उद्धार गरी ल्याइदिन अनुरोध गर्दै निवेदन दिएका थिए ।

    आफ्नो दाइको ज्यान जोखिममा रहेको भन्दै उद्धार गरिदिन उमेशले अनुरोध गरेका थिए । उनले अनुरोध गरेको डेढ महिना बितिसक्यो । तर, निकासको उद्धार हुन सकेको छैन । 

    बारखरी

    प्रतिक्रिया दिनुहोस