२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

पाँचखाल उद्योग वाणिज्य संघको समन्वयमा शैक्षिक सामाग्री हस्तान्तरण

  • २०८० फागुन २९, मंगलबार मा प्रकाशित १ महिना अघि
  • १९७ पाठक संख्या
  • पाँचखाल नगरपालिका वडा नम्बर २ मा रहेको भक्रमदेवी माध्यमिक विद्यालयको ४४ औैं वार्षिकोत्सवको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

    मंगलबार आयोजित वार्षिकोत्सव कार्यक्रमको अवसरमा पाँचखाल उद्योग वाणिज्य संघको समन्वय र चाइना फाउण्डेसनको सहयोगमा विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, पाँचखाल उद्योग वाणिज्य संघका अध्यक्ष राजन कार्कीले ५० थान ब्याग, कपी, कलर बक्स, पेन्सिल, जोमेटिक बक्स लगायका शैक्षिक सामाग्रीहरु विद्यालयका  प्रधानाध्यापक शशि विक्रम के.सी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम चन्द्र नेपलालाई हस्तान्तरण गरेका हुन् ।

    सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गराउने उद्देश्यले शैक्षिक सामग्री हस्तान्तरण गरिएको पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष एव उद्योग बाणिज्य संघ बागमती प्रदेशका सदस्य राजन कार्कीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस