२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

लडकेश्वरमा आयोजित कोटीहोममा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पूजा अर्चना

  • २०८० फागुन २७, आईतबार मा प्रकाशित १ महिना अघि
  • ३०१ पाठक संख्या
  • राष्ट्रपति रामचन्द्र पौडेलले पनौती नगरपालिका वल्थली लडकेश्वरमा आयोजित कोटीहोममा आइतबार पुगेर पूजा अर्चना गर्नुका साथै फूलप्रसाद ग्रहण गर्नुभएको छ ।

    सो अवसरमा उहाँले यस पवित्र भूमिमा आयोजना गरिएको कोटीहोमबाट देश र जनताको कल्याण होस भन्ने कामना गर्नुभयो । ओमकार फाउण्डेशनले सो कोटीहोम आयोजना गरिएको जनाइएको छ । यस्तो पूण्य र पवित्र कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको बताउँदै उहाँले यसबाट समाज, देश र जनताको कल्याण हुने विश्वास व्यक्त गर्नुभयो । यसप्रकारको कार्यक्रम आयाजना गरेकोमा उहाँले आयोजकको सराहना पनि गर्नुभयो ।

    राष्ट्रपति पौड़ेललाइ नेपाली कॉंग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, पनौती नगर प्रमुख रामशरण भण्डारी लगायतले स्वागत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस