२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा ललितपुर पहिलो, काभ्रे दोस्रो

  • २०८० फागुन २३, बुधबार मा प्रकाशित १ महिना अघि
  • १७२७ पाठक संख्या
  • काभ्रे स्पोर्ट्स क्लबको आयोजनामा भएको बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता -२०८० मा ललितपुर जिल्ला प्रथम भएको छ ।

    प्रतियोगितामा ललितपुरले ६ स्वर्ण ३ रजत र ३ कास्य जितेर  पहिलो भयो । त्यस्तै काभ्रे ५ स्वर्ण ५ रजत र ४ कास्य सहित दोस्रो, भक्तपुर ३ स्वर्ण ७ रजत ५ कास्य सहित तेस्रो तथा आयोजक काभ्रे स्पोर्ट्स क्लब ३ स्वर्ण ४ रजत र ६ कास्य सहित चौथो भयो ।

    त्यस्तै खेलमा उत्कृष्ट  निर्णायक ललितपुरका बिष्णु भन्डारी, बिद्याकुन्ज सेकेन्डरी स्कुल पढ्ने धादिङकि आहाना तामाङ उत्कृष्ट महिला खेलाडी, स्काइ लाइट सेकेन्डरी स्कुल पढ्ने रामेछापका रबिन थापा मगर उत्कृष्ट पुरुष खेलाडी भए ।

    पहेलो, हरियो, निलो र रातो बेल्टको लागि  खेलाइएको प्रतियोगितामा २० देखि ५० केजी तौल समूह सहभागी थिए ।

    प्रतियोगितामा बागमती प्रदेशका काभ्रे, भक्तपुर, ललितपुर, काठमाडौ, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप र चितवन गरेर १० जिल्ला तथा  आयोजक काभ्रे स्पोर्ट्स क्लब गरि ११ टिम सहभागी थिए । खेलमा ३ सय  खेलाडी, २२ जना कोच  तथा ३० जना निर्णायकको सहभागी रहेको काभ्रे स्पोर्ट्स क्लबका अध्यक्ष राजेश बोलखेले जानकारी दिए ।

    २ दिन संचालन भएको प्रतियोगितामा विजयी खेलाडीहरूलाई  बागमती प्रदेशका सांसद कन्चनचन्द्र वादेले वितरण गरे ।

    कार्यक्रमको उद्घाटन  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले गरेका थिए । उद्घाटन कार्यक्रममा बागमती प्रदेशका सांसद रत्न ढकाल लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस