२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

चैत २ र ३ गते बनेपामा मेयर कप सितोरियो कराँते

  • २०८० फागुन २३, बुधबार मा प्रकाशित १ महिना अघि
  • ७४ पाठक संख्या
  • काभ्रे कराँते एकेडेमीको आयोजना तथा नेपाल सितोरियो कराँते संघ काभ्रेको सह–आयोजनामा चैत २ र ३ गते बनेपामा सितोरियो कराँते मेयर कप प्रतियोगिता हुने भएको छ ।

    बनेपा नगरपालिकाको मुख्य सहयोगमा हुने प्रतियोगितामा ने नेपाल कराँते महासंघ र नेपाल सितोरियो कराँते संघ काभ्रेले प्रतियोगिताका लागि प्राविधिक सहयोग गर्नेछन् ।

    बनेपास्थित लायकु मञ्चमा हुने प्रतियोगितामा २१ तौल समूहमा २ सय ५० देखि ३ सय खेलाडी सहभागी हुने काभ्रे कराँते एकेडेमीका अध्यक्ष गौतम मानन्धरले जानकारी दिए । महिलातर्फ १० र पुरुषतर्फ ११ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

    एकेडेमीले प्रशिक्षणका अलावा तालिम, गोष्ठी समेत सञ्चालन गर्दै आएको महासचिव श्यामसुन्दर कुँवरले जानकारी दिए ।

    पत्रकार सम्मेलनमा पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, पूर्व अध्यक्ष महेश पौडेल, नेपाल सितोरियो कराँते संघका अध्यक्ष प्रताप बैद्य लगायतको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस