२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

बछलादेवीमा वृहत शैक्षिक मेला तथा प्रदर्शनी

  • २०८० फागुन १९, शनिबार मा प्रकाशित १ महिना अघि
  • ३४७ पाठक संख्या
  • धुलिखेल ९ मा रहेको श्री बछलादेवी आधारभूत विद्यालयले वृहत शैक्षिक मेला  तथा प्रदर्शनी गरेको छ ।

    प्रदर्शनीमा बिद्यार्थीहरुले सिकेका पाठहरुलाई चित्र मार्फत देखाइएको थियो ।

    वृहत शैक्षिक मेला तथा प्रदर्शनीको  धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार व्याञ्जुले उद्घाघाटन गरेका थिए । कार्यक्रममा  नगर उप प्रमुख निराजन जंगम,  शिक्षा शाखा प्रमुख भोज कुमार ठकुरी लगायतको सहभागिता रहेको थियो । अतिथीहरुले विद्यार्थीसँग रमाइलो खेलहरु खेल्ने, बिद्यार्थीहरुसंग रमाएका थिए ।

    प्रदर्शनीले बिद्यार्थीहरुमा पढ़न रहर लाग्ने, स्किल बढ़ने, सिकाई दिगो हुने बिद्यालयका शिक्षक रामहरि भण्डारीले जानकारी दिए ।

    प्रदर्शनीमा धुलिखेल आसपासका सरस्वती मावी, बाल बिनायक, हनुमान मावि, कालिदेबी मावी, कर्थरी मावी, पूर्ण संजीवनी मावी, दरिम्बोट प्राबी, ठाकुर आधारभूत, महांकाल आधारभूत लगायतका बिद्यार्थी तथा अभिभावक गरी ७ सय भन्दा बढिले वृहत शैक्षिक मेला तथा प्रदर्शनी अवलोकन गरेका बिद्यालयका प्रधानाध्यापक राजेश कोइरालाले जानकारी दिए ।

       

    प्रतिक्रिया दिनुहोस