२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

धार्मिक पत्रकार विकुनारायण ताम्राकारको “मेरो आठ दशक” पुस्तक विमोचन

  • २०८० फागुन १८, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • १५४ पाठक संख्या
  • ८0 बर्षको उमेरमा पनि युवा जोश बोकेर हिडेका धार्मिक पत्रकार विकुनारायण ताम्राकारले आफ्नो जीवन आठ दशकको भोगाइ समेटेर लेखिएको पुस्तक सार्वजनिक गरेका छन् ।

    ८0 बर्षको उमेरमा जिल्लामा भएका जुनसुकै कार्यक्रममा पुग्ने उनी जो कोहीसंग पनि तस्वीर खिचाईहाल्ने गर्थे । उनैले खिचेका तस्वीर र काभ्रे र आसपासको क्षेत्रका धार्मिक र सामाजिक अवस्थाबारे लेखिएको मेरो आठ दशक पुस्तक विमोचन भएको छ ।

    पनौती नगर प्रमुख रामशरण भण्डारी, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, पूर्व अध्यक्षहरु ईश्वरी ओझा र नारायण सापकोटा तथा लेखक बिकुनारायण ताम्राकाले पुस्तकको संयुक्तरुपमा विमोचन गरे ।

    पनौतीमा रहेको सचितीर्थ धाम जहाँ १२ वर्षमा लाग्ने मकर मेलाबारे पनि पुस्तकमा उल्लेख गरिएको छ । उनले बहालवाला राष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्रीसम्मका तस्बिर पनि पुस्तकमा समावेश गरेका छन् । ४० पृष्ठको पुस्तकमा लेख रचना र ऐतिहासिक तस्बिरहरु समावेश छन् ।

    बीमोचन कार्यक्रममा पनौती नगर प्रमुख रामशरण भण्डारी, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना,  डा सुमनराज ताम्राकार लागायतले पुस्तकबारे चर्चा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस