२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

बनेपामा चौथो मेयर कप अन्तर वडा स्तरीय फुटबल, वडा नम्बर ८ को बिजयी सुरुवात

  • २०८० फागुन १८, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • ३८५ पाठक संख्या
  • बनेपामा चौथो मेयर कप अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता सुरू भएको छ ।

    बनेपा नगरपालिकाको आयोजना तथा वडा नम्बर ८ को संयोजनमा चौथो मेयर कप फुटबल प्रतियोगिता शुक्रबार देखी सुरु भएको हो ।

    प्रतियोगिताको बनेपाका नगर प्रमुख  शान्ति रत्न शाक्यले उद्घाटन गरे । उनले खेलाडीहरूको क्षमता र खेल क्षेत्रको विकासका साथै खेलको माध्यमबाट नगरबासीहरुलाई देशभर चिनाउनका लागि खेलकुद प्रतियोगिताहरु गर्दै आएको बताए । 

    कार्यक्रममा उपप्रमुख बिमला सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईं, वडा नं ६ का वडा अध्यक्ष सचितानन्द केसी लगायतले खेलक्षेत्रको चर्चा गरेका थिए ।

    प्रतियोगिताको विजेता टोलीले उपाधिसहित १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने वडा अध्यक्ष एवम् मुल आयोजक समितिकी संयोजक शुभ लक्ष्मी मानन्धरले जानकारी दिइन् ।

    प्रतियोगिताको पहिलो खेलमा वडा नम्बर ८ ले वडा नम्बर ६ लाई २–१ गोल अन्तरले हराएको छ ।

    प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको वडा सदस्य युगेश्वर कायस्थले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस