२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्याक्टर वितरण

  • २०८० फागुन १८, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • १५४ पाठक संख्या
  • बनेपा नगरपालिकाले किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ ।

    ५० प्रतिशत अनुदानमा पालिकाभित्रका कृषकलाई हाते ट्याक्टर वितरण गरेको हो । किसानलाई कृषि पेसामा आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले ६५ वटा हाते ट्याक्टर वितरण गरिएको हो ।

    नगरपालिकाका १४ वडाका ६५ जना किसानहरूलाई ३२ हजार रुपैयाँ लागत पर्ने हाते ट्याक्टर वितरण गरिएको हो । किसानलाई वितरण गरिएको उक्त ट्याक्टर खरिदका लागि नगरपालिकाले ५० प्रतिशत अनुदान बापत १६ हजार रुपैयाँमा उपलब्ध गराएको हो ।

    नगर प्रमुख शान्तिरत्न शाक्यका अनुसार किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर वितरण गरिएको हो । प्रमुख शाक्यले अनुदानमा लिएको यस हाते ट्याक्टर दुरुपयोग नभई यसलाई सदुपयोग गरेर किसानले सहजता लिन आग्रह गरे ।

    कार्यक्रममा नगरपालिका उपप्रमुख विमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाई, कृषि शाखाका प्रमुख गणेश बहादुर थापा लागायतले कृषि पेशालाई सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएको बताए ।

    प्रतिक्रिया दिनुहोस