२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

दुधको पैसा नपाएको भन्दै किसानले वुझाए ज्ञापनपत्र

  • २०८० फागुन १४, सोमबार मा प्रकाशित १ महिना अघि
  • ७९ पाठक संख्या
  • दुधको पैसा नपाएको भन्दै काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघको अगुवाईमा प्रमुख जिल्ला अधिकारी मार्फत  ज्ञापनपत्र बुझाएको छ ।

    सोमवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्मालाई उनीहरूले ज्ञापान पत्र बुझाएका हुन । दुग्ध क्षेत्रमा देखिएको समस्या  र समाधानका लागि नेपाल सरकार तथा सम्बन्धित मन्त्रालय र निकायको खबरदारी र ध्यानाकर्षणका लागि काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघको अगुवाइमा ज्ञापन पत्र बुझाएको अध्यक्ष नारायण बडालले जानकारी दिए 

    प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउन काभ्रे जिल्लामा रहेको दुग्ध सहकारी संस्थाका अध्यक्ष र प्रतिनिधिहरु, जिल्लामा कृयासिल राजनितिक दल र दलका किसान संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरु,किसान प्रति शुभेच्छा राख्ने संघ संस्थाका प्रतिनिधिहरु र अन्य सरोकारवालाहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

    प्रतिक्रिया दिनुहोस