२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

सवारी ज्यान मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

  • २०८० फागुन १३, आईतबार मा प्रकाशित १ महिना अघि
  • ७१ पाठक संख्या
  • सवारी ज्यान मुद्दाका फरार प्रतिवादीहरु पाँचखाल नगरपालिका वडा नं १२ का ४४ वर्षीय मदन बहादुर दनुवार र मण्डनदेउपुर नगरपालिका वडा नं १२ का ३४ वर्षीय दुर्गा बहादुर तामाङलाई  प्रहरीले पक्राउ गरेको छ । 

    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार दनुवारलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७९ कार्त्तिक २० गते २ हजार रुपैंया सजायको फैसला गरेको थियो भने  दुर्गा बहादुर तामाङलाई २०७९ भदौ ३१ गते २ हजार रुपैंया सजायको फैसला गरेको थियो । तर अदालतको फैसालपछि उनीहरु फरार रहेका थिए ।

    फरार रहेका दुवै प्रतिवादीलाई प्रहरीले फाल्गुण १३ गते पक्राउ गरेको र उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस