२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

धुलिखेल–खावा सडक विस्तारमा ढिलाई भएको भन्दै जिसस प्रमुख गौतम आमरण अनसनमा

  • २०८० फागुन ११, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • २०९ पाठक संख्या
  • धुलिखेल–खावा सडक विस्तारमा भैरहेको ढिलाई प्रति ध्यानाकर्षण स्वरुप जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक प्रमुख दिपक कुमार गौतमले आमरण अनसन शुरु गरेका छन ।

     गौतमले आज दिउॅसो २:३० बजे देखी अरनिको राजमार्गको खावामा आमरण अनसन शुरु गरेका छन ।

     धुलिखेलदेखि खावासम्मको जम्मा ४ किलो मिटर सडक विस्तारको काम सम्झौता अवधि यही चैत १९ गते सकिदैँछ । २०७९ जेठ २० गते सम्झौता भएको थियो ।

     तर निर्माण कम्पनी गौरी पार्वती निर्माण सोव प्रा.लिले नै सडक विस्तारमा अवरोध गरेपछि तोकिएको समयमा काम पुरा नहुने भएको हो । सम्झौता मिति सकिन जम्माजम्मी एक महिना मात्रै बाँकी हुँदा एक तिहाई समेत काम सम्पन्न भएको छैन् । 

    प्रतिक्रिया दिनुहोस