२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

पात्लेखेतमा हनुमान मन्दिर निर्माणका लागि श्रीमद्भागवत महापुराण सप्ताह

  • २०८० फागुन १०, बिहिबार मा प्रकाशित १ महिना अघि
  • ९८७ पाठक संख्या
  • धुलिखेल वडा नं ११ को पात्लेखेतमा हनुमान मन्दिर निर्माण सहयोगार्थ श्रीमाद्भागवत महापुराण सप्ताह २०८० आज बाट सुरु भएको छ ।

    महायज्ञको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले उद्घाटन गरे । कार्यक्रममा समन्वय प्रमुख गौतमले धर्मले असल मार्गमा हिड़न सिकाउॅने बताए । जिल्ला समन्वय समितिले  सम्पूर्ण सहयोग गर्छ । फजुल खर्चहरूलाई जोगाएर सहयोग गर्न आग्रह गरे ।

    कार्यक्रममा धुलीखेल नगरपालिकाका उपप्रमुख निराजन जंगमले धार्मिक संगै पर्यटनलाई जोडेर हनुमानको मूर्ति स्थापना हुनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा प्रमुख वाचक पण्डित विनोद सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रेको अध्यक्ष बद्रिराज तिमल्सिना, धुलीखेल ११ का वडा अध्यक्ष नारायण बडाल, पूर्व वड़ा अध्यक्ष बिष्णु धीतल, नैम शारण्य क्षेत्रका गुरु दिव्यमणि अधिकारी, स्थानीय लक्ष्मी प्रसाद धीतल, मूल आयोजक समितिका संयोजक बासुदेब उपाध्याय लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    विगत ४०० वर्षदेखि पूजा आरधना हुँदै आएको हनुमान मन्दिर परिसरमा श्री हनुमान मन्दिर संरक्षण, निर्माण समितिको आयोजनामा श्रीमद्भागवत महापुराण सप्ताह सुरू भएको हो । फागुन ११ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने महापुराणमा पण्डित विनोद सापकोटा प्रमुख वाचक र पण्डित मनिषशरण खनालले उपवाचकको रुपमा रहेका छन । सप्ताहको कलशयात्रा  बिहीबार हुनेछ भने हरेक दिन बिहान ७:३० बजेदेखि हवन तथा पाठ पारायण हुनेछ ।

    उद्घाटन अघि पात्लेखेतका बिभिन्न ठाउॅको परिक्रमा गर्दै कलशयात्रा भएको थियो ।

    सप्ताहमा श्रीमद्वाल्मिकी रामायण कथावाचन, विभिन्न झाँकी प्रदर्शनी तथा संगीतमय श्रीमद्महापुराण हुने आयोजक समितिले जनाएको छ । त्यस्तै सप्ताहबाट सङ्कलन भएको रकमबाट हनुमान मन्दिर पुन: निर्माण गरिने योजना रहेको आयोजक समितिका संयोजक वासुदेव उपाध्यायले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस