२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

पात्लेखेतमा हनुमान मन्दिर निर्माणका लागि आजबाट श्रीमद्भागवत महापुराण

  • २०८० फागुन १०, बिहिबार मा प्रकाशित १ महिना अघि
  • ८६ पाठक संख्या
  • काभ्रेपलाञ्चोक स्थित धुलिखेल वडा नं ११ को पात्लेखेतमा हनुमान मन्दिर निर्माण सहयोगार्थ श्रीमाद्भागवत महापुराण सप्ताह २०८० आज बाट सुरु भएको छ ।

    विगत ४०० वर्षदेखि पूजा आरधना हुँदै आएको हनुमान मन्दिर परिसरमा श्री हनुमान मन्दिर संरक्षण, निर्माण समितिको आयोजनामा श्रीमद्भागवत महापुराण सप्ताह सुरू भएको हो ।

    सप्ताहमा श्रीमद्वाल्मिकी रामायण कथावाचन, विभिन्न झाँकी प्रदर्शनी तथा संगीतमय श्रीमद्महापुराण हुने आयोजक समितिले जनाएको छ । फागुन ११ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने महापुराणमा पण्डित विनोद सापकोटा र पण्डित मनिषशरण खनालले कथावाचन गर्ने कार्यक्रम छ ।

    सप्ताहको कलशयात्रा  बिहीबार हुनेछ भने हरेक दिन बिहान ७:३० बजेदेखि हवन तथा पाठ पारायण हुने आयोजक टिमले बताएको छ । त्यस्तै सप्ताहबाट सङ्कलन भएको रकमबाट हनुमान मन्दिर पुन: निर्माण गरिने योजना रहेको आयोजक समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस