२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

कार्यसम्पादन मूल्यांकनमा रोशी पहिलो, नगरमा पाँचखाल

  • २०८० फागुन १०, बिहिबार मा प्रकाशित १ महिना अघि
  • १२५२ पाठक संख्या
  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा काभ्रे जिल्लाको १३ स्थानीय तहहरू मध्ये रोशी गाउँपालिका पहिलो, पाँचखाल नगरपालिका दोस्रो र चौरीदेउराली गाउँपालिका तेस्रो भएका छन ।

    आयोगको नतिजा अनुसार रोशीले ४८.३९ अंक प्राप्त गरेर पहिलो, पाँचखाल नगरपालिकाले ४१.७३ अंक प्राप्त गरेर दोस्रो, तथा चौरीदेउराली गाउँपालिकाले ३९.५८ अंक प्राप्त गरेर  तेस्रो भएका हुन । नगर मध्ये पाँचखाल पहिलो, धुलीखेल दोस्रो तथा बनेपा तेस्रो भएका छन । समग्रमा भने ३७.५३ अंकका साथ धुलिखेल नगरपालिका चौथो नम्बरमा परेको छ ।

    त्यसरिनै क्रमस : बनेपा नगरपालिकाले ३७.५ अंक, महाभारत गाउँपालिकाले ३४.२२ अंक, तेमाल गाउँपालिकाले २८.२४ अंक, नमोबुद्ध नगरपालिकाले २८ अंक, खानीखोला गाउँपालिकाले २६.३४ अंक, बेथानचोक गाउँपालिकाले २५.४४ अंक, मण्डनदेउपुर नगरपालिकाले २२.२८ अंक र भूम्लु गाउँपालिकाले १९.५० अंक प्राप्त गरेको छ भने १८.८२ अंकका साथ पनौती नगरपालिका अन्तीममा परेको छ ।

    आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको थियो । असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्त भित्र बजेट पारित गरेर/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे / नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/ नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे÷नगरेको जस्ता सूचकहरु छन् ।

    आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भ जाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पुर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका आधारमा मूल्याकंन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस