२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

काभ्रेमा वृहत कृषि महोत्सव :  कृषि उत्पादन र प्रशोधनमा अग्रणी, बजारीकरणको अभाव

७० हजारको अवलोकन, ६ करोडको कारोवार
  • २०८० फागुन ९, बुधबार मा प्रकाशित १ महिना अघि
  • २९८ पाठक संख्या
  • कृषि तथा पशुपन्छीको क्षेत्रमा काभ्रेपलाञ्चोक जिल्लामा भइरहेका क्रियाकलापहरुलाई कृषक तथा आम उपभोक्ताहरुवीच लैजाने उद्देश्यले आयोजना भएको काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० मंगलबार सम्पन्न भएको छ । महोत्सवमा विभिन्न स्थानीय तहमा कृषकहरुले उत्पादन गरेका बाली एवं वस्तुहरु एवं उत्पादनका लागि आवश्यक सामग्री औजार, उपकरणहरु तथा विकसित प्रविधि प्रसार सम्वन्धि कार्यकमहरु आयोजना भयो ।
    कृषि महोत्सव प्रदर्शित बाली एवं वस्तुहरुका आधारमा काभ्रेपलाञ्चोक उत्पादन र प्रशोधनमा निक्कै अगाडि बढेको तथा काभ्रेपलाञ्चोकसँगै जोडिएको उपत्यका कृषि उपजहरुको ठुलो बजार भए पनि बजारीकरणमा भने जिल्लामा कममात्रै गतिविधिहरु देखिएकाले बजारीकरणमा जोड दिन आग्रह गरिएको छ ।
    महोत्सवमा १३ वटै स्थानीय तहले आफ्ना कृषकहरुको उत्पादनलाई प्रदर्शन गर्ने अवसर उपलब्ध गराइएको थियो । यसैगरी, पाँचखालमा कार्यक्षेत्र बनाएको लभग्रीन नेपालले कृषि तथा पशुपन्छीको क्षेत्रमा किसानस्तरमा गरिएको सहयोगका आधारमा उत्पादन भएका कृषि उपजहरुको भव्य प्रदर्शनी गराएको थियो । यसैगी काठमाडौं विश्वविद्यालयको डिपार्टमेन्ट अफ लाइफ साइन्सेज र कृत्रिम बुद्धिमता विभागले प्रविधिमा आधारित र अनुसन्धानका क्रममा विकास भएका ज्ञान र सीपको प्रदर्शन गरेको थियो । कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, बागवानी कार्यालय पाँचखाल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालगायतका कार्यालयहरुको प्रदर्शनी र कृषकहरुसँगको अन्तरक्रिया भव्य रहेको थियो ।
    तीनदोबाटो , करुणामार्ग र लायकु दरबार परिसमा गरी डेढ सयभन्दा बढी स्टलहरुमा अन्नबाली, दलहन, नगदेबाली, फलफुल, तरकारी, मसला बालीका साथै  दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पशुपंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन, मत्स्यजन्य परिकारहरुसमेत प्रर्दशनीमा राखिएको थियो । समापनको अवसरमा उत्कृष्ट सहकारी, समुह, कृषि फर्मलाई नगद दुई हजार रुपियाँका दरले पुरस्कृत गरिएको थियो । महोत्सवको सफलताबाट हौसिनु भएका सदस्य–सचिव एवं कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडी भन्छन, ‘महोत्सव अवलोकन गर्न आउनु भएका करिव तीन सय जना किसानसँग विभिन्न आठ वटा विषयमा अन्तरक्रिया गर्यौ। महोत्सव हुनुअघि कृषि महोत्सव पनि सम्भव होला र भन्ने धेरैमा कौतुहलता भएपनि महोत्सवबाट  ग्रमाीणभेगमा उत्पादित रैथाने बालीनाली र कृषि उपजहरुले स्थान पाएको खण्डमा बजारीकरण गर्न सकिने रहेछ भन्ने सकारात्मक सन्देश प्रवाह भएको छ,’ उनले  थपे ।
    महोत्सवमा राष्ट्रपति ज्यूका छोरीहरुको अवलोकन

    महोत्सवमा राष्ट्रपति ज्यूका छोरीहरुको अवलोकन

    महोत्सवमा काठमाडौँ विश्वविद्यालयको डिपार्टमेन्ट अफ लाइफ साइन्सेजका विभागीय प्रमुख डा। कुमार लामा र आर्टिफिसियल इन्टेलिजेन्स कार्यक्रमका संयोजक डा। यज्ञराज पाण्डेले संयुक्त रुपमा कृषिमा कृत्रिम बुद्धिमता ९आर्टिफिसियल इन्टेलिजेन्स० को प्रयोग, सम्भावना एवं अभ्यासबारे प्रस्तुतीकरण र अन्तरक्रिया गर्नु भएको थियो । यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खुमलटारका बरिष्ठ कृषि इन्जिनियर डा।ई। जितबहादुर चन्दले कृषिमा यान्त्रिकरणको अवस्था, सम्भावना र चुनौतीको बारेमा प्रस्तुतीकरण र अन्तरक्रिया गर्नु भएको थियो । कृषि विभागका बरिष्ठ कृषि प्रसार अधिकृत शिवसुन्दर घिमिरेले नेपालमा कृषि वीमाको अवस्था तथा चुनौतीहरु, राष्ट्रिय बाणिज्य बैङ्क बनेपाका प्रमुख जग्गनाथ अधिकारीले कृषिमा सहुलियत कर्जा एवं  सहज परिचालन, सलाका डेरी फर्म प्रालिका सञ्चालक आङफुर्वा शेर्पाले व्यावसायिक पशुपालनसम्बन्धी अनुभव प्रस्तुत गरेका थिए ।

    महोत्सवमा राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका प्रमुख डा। निना अमात्य गोर्खालीले रैथाने पशुपन्छीको महत्व, संरक्षणको आवश्यकता र आगामी कार्यदिशा, आर एण्ड डी इनोभेटिभ सोलुसनका निर्देशक डम्बर खनालले फलफुल तथा तरकारी बालीमा उत्पादनोपरान्त क्षति न्यूनिकरण तथा व्यवस्थापन र एग्रीभिजन हाइटेक प्रालिका सञ्चालक राजेन्द्र रायमाझीले संरक्षित संरचनामा खेतीमार्फत व्यावसायीकरणको विषयमा अन्तरक्रिया गरिएको थियो । पहिलो पटक विज्ञ र कृषकहरुवीचमा यसरी अन्तरक्रिया हुँदा धेरै ज्ञान र सीप थाहा पाइएकोले फाइदा भएको सहभागी कृषकहरुको टिप्पणी थियो । भावी पुस्तालाई कृषिबारेमा जानकारी गराउँदै जाने उद्देश्यले ‘विद्यार्थीको नजरमा कृषि’ विषयमा आधारित रहेर बृहत कृषि महोत्सवकै अवसरमा मूल आयोजक समिति र प्याब्सन काभ्रेको संयोजनमा विद्यार्थीहरुवीच खुल्ला चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा सामुदायिक र संस्थागत दुबै प्रकारका स्कूलमा कक्षा ४ देखि १० सम्म अध्ययरनत विद्यार्थीहरु प्रतिस्पर्धामा थिए ।
    काभ्रे इङ्गलिस मावि बनेपामा आयोजित चित्र लेखन प्रतिस्पर्धामा सरस्वती कुञ्ज बोर्डिङ्ग स्कूल पनौतीकी छात्रा रिजना तामाङ प्रथम, काभ्रे इङ्गलिस मावि पनौतीकी छात्रा सोनिया मल्ल ठकुरी दोस्रो र सिद्धार्थ वनस्थली इन्स्टिच्यूट मल्पीका छात्र दावा शेर्पा तेस्रो भई क्रमशः १८ हजार, १४ हजार र १० हजार रुपैँया र प्रमाणपत्र प्राप्त गरे । यसैगरी, नेपाल पुलिस स्कुल साँगाका छात्रा दिपा श्रेष्ठले चौथो र केयु हाइस्कूल चौकोटका छात्र प्रशान्त माकजु श्रेष्ठले पाँचौं स्थान प्राप्त गरे । दुबै जनालाई जनही ४ हजार रुपैंया र प्रमाणपत्र प्रदान गरियो । यस्तै, महोत्सवमा कृषिलाई साहित्यसंग जोडेर बिभिन्न साहित्यिक रचनाहरु वाचन गरिएको थियो ।
    महोत्सवकै अवसरमा कृषि तथा पशुपन्छीका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याए वापत काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ६ जना किसानलाई ‘राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार’ प्रदान गरिएको छ । जिल्लातह, प्रदेश तह र संघीय तह गरी तीन तहमा यो पुरस्कार प्रदान हुँदै आएको छ । कृषकले आफूले गर्दै आएको कृषि कर्मलाई उल्लेख गरी आवेदन गर्नुपर्ने यस पुरस्कार स्वयं राष्ट्रपतिको बाहुलीबाट किसानले पाएको संभवत मुलुकमै पहिलो अवसर हो ।
    कृषि विकास कार्यालय र पशु सेवा कार्यालयमा आवेदन गरी छनौटमा परेका काभ्रेपलाञ्चोक ३ कृषकहरुमध्ये आलु तथा आलुको पूर्व मूल बीउ ९पिबिएस० उत्पादन गरे वापत पनौती नगरपालिका–३ कुशादेबीका राजेन्द्र थापा, धेरै आलु फलाएवापत पाँचखाल नगरपालिका–१२ का बद्रीप्रसाद ढुङ्गाना र व्यावसायिक पशुपालनमा संलग्न बेथानचोक गाउँपालिकाका रुपेश पाख्रिनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नगद पुरस्कारसहित सम्मान गरेका थिए ।
    यसैगरी, सिन्धुपाल्चोक जिल्लाबाट ट्राउट माछा उत्पादन गर्नुहुने हेलम्बु गाउँपालिका–४ का दिपक कुमार लामिछाने, घाँस उत्पादन गर्ने मेलम्ची नगरपालिका–११ का राजकुमार ढकाल र बाख्रापालन गर्ने भोटेकोशी गाउँपालिका–१ का विनोद प्रधानलाई यस वर्षको राष्ट्रपति उत्कृष्ट किसान पुरस्कारबाट सम्मान गरिएको कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए । सम्मानित सबै किसानलाई नगद १०र१० हजार, दोसल्ला र सम्मान पत्रबाट सम्मान गरिएको थियो ।
    कृषि उत्पादनमा महिलाहरुको बाहुल्य रहँदै आएको भए पनि पछिल्ला समयमा कृषि प्रशोधन तथा बस्तु उत्पादनमा पनि महिला उद्यमीहरुको निक्कै क्रियाशीलता बढेको छ । महोत्सवमा प्रदर्शित लप्सीजन्य उत्पादनहरु, कफी, खाद्यान्न बालीका बहुउत्पादनहरुका साथै सहरी गृहिणीहरुका कौशी खेतीजस्ता कृषि कर्महरुमा महिलाको व्यापक सहभगिता रहेको पाइएको छ ।
    वृहत कृषि महोत्सव मूल आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय प्रमुख दीपककुमार गौतमका अनुसार ४ दिन अवधिको महोत्सवमा करीब ७० हजारले अवलोकन गरेका छन् । यस्तै, महोत्सव अवधिमा कृषि यन्त्र, उपकरण, कृषि उपज, खाद्यान्न सामग्री, रैथाने उत्पादन, कफी तथा नगदेबाली, डेरी प्रडक्टलगायत ५ करोड रुपैँयाको हाराहारीमा कारोवारसमेत भएको छ । उनले भने, ‘हामीले निक्कै छोटो समयमा आयोजना गरेको महोत्सव भएकाले कमीकमजोरीहरु पक्कै भएका छन् । तर, कृषिकै ‘थीम’ मा आधारित जिल्लामै पहिलो पटक र राष्ट्र प्रमुखलाई ल्याएर महोत्सव भव्य रुपमा सुरु गरेका थियौं भने समापन पनि भव्य रुपमा गरेका छौं । जिल्लामा कृषि तथा पशुपन्छीका क्षेत्रमा भएका व्यावसायिकीकरणका कुराहरुलाई एकै ठाउँबाट देखाउन सकेका छौं’, गौतमले थपे ।
    पलाञ्चोकसाप्ताहिकोसहयोगमा

    प्रतिक्रिया दिनुहोस