२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

‘कर्मचारीहरु गणतन्त्रवादी छैनन’–मुख्यमन्त्री जमरकट्टेल

  • २०८० पौष २७, शुक्रबार मा प्रकाशित ३ महिना अघि
  • १८२ पाठक संख्या
  • बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले कर्मचारीहरु गणतन्त्रवादी नभएको आरोप लगाएका छन् ।

    नेपाल राष्ट्रिय कर्मचारी संगठनको बागमती प्रदेशको संगठन सुदृढीकरण तथा सार्वजनिक सेवा प्रवाहमा कर्मचारी ट्रेड युनियनको भुमिका विषयक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री जमरकट्टेलले अफ्ठ्यारो काम पर्ने वित्तिकै कर्मचारीहरु सरुवा खोजेर हिड्ने गरेको समेत आरोप लगाए । ‘कर्मचारीहरु अप्ठ्यारो पर्ने वित्तिकै भाग्न खोज्छन्, राष्ट्रिय गान बजाएर मात्र गणतन्त्रवादी होइदैन्, कर्मचारीले त रिस्क लिएर भएपनि काम गर्नुपर्छ,–उनले भने, कर्मचारीलाई हामीले पनि विशवास गर्नुपर्छ र उनीहरुले पनि रिस्क मोलेर भएपनि देश विकासमा लाग्न पर्छ ।’

    नेपाल राष्ट्रिय कर्मचारी संगठनको बागमती प्रदेशको अध्यक्ष श्रवण ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र बाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्रीले पार्टीको नीति, विचारधारा र संगठनबारे बोल्दै कर्मचारीतन्त्रमा केही सीमित कर्मचारीको हालीमुहाली रहेको र तिनै कर्मचारीले बहुसंख्यक कर्मचारीमाथि अन्याय गरिरहेको बताए ।

    कार्यक्रममा केन्द्रीय उपाध्यक्ष शेरबहादुर कार्की, केन्द्रीय सचिव हरिलाल विक पुर्व केन्द्रीय अध्यक्ष हरिबहादुर रावलसंघीय सांसद सुर्यमान दोङ, बागमती प्रदेश सभा सदस्य रत्न ढकाल, संगठनको केन्द्रीय अध्यक्ष अम्बदत्त भट्ट, बागमती प्रदेश संगठनका उपाध्यक्ष राजु अर्याल लगायतले कर्मचारी र ट्रेडका बारेमा मन्तव्य राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस