२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

योमरी पुन्हीको अवसरमा धुलिखेलमा योमरी जात्रा

  • २०८० पौष ११, बुधबार मा प्रकाशित ३ महिना अघि
  • १७८ पाठक संख्या
  • योमरी पुन्हीको अवसरमा धुलिखेलमा ‘योमरी जात्रा २०८०’ आयोजना गरिएको छ ।

    मंगलबार  लाक्षी महिला समूहले नारायणस्थान लाक्षी डबलीमा योमरी जात्रा आयोजना गरेको हो ।

    नेवारी समुदायको विशेष परिकार योमरीका साथै विभिन्न नेवारी परिकारका स्टलहरु राखिएको थियो ।

    नेवारी समुदायले मान्दै आएको चाड योमरी पुन्हीका बारेमा जानकारी दिने र सामुहिक रुपमा चाड मनाउने उद्धेश्यले आयोजना गरिएको आयोजक सरस्वती श्रेष्ठले जानकारी दीईन ।

    जात्रामा नेवारी कला संस्कृती झल्कने विभिन्न झाँकी, नाँचहरुसहित स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहेको थियो ।

    नेपाल भाषामा यः भनेको मनपर्ने र मरि भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । चामलको पिठो, चाकु, तिल, पानी राखेर योमरी तयार गरिन्छ ।

    कार्यक्रममा  पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं प्रतिनिधि सभा सदस्य गोकुल बांस्कोटाले सांस्कृतिक महत्वको योमरी पुन्हिको अवसरमा सम्पूर्ण नेवार समुदायमा शुभकामना व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस