२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

धुखिलेलमा बागमती प्रदेश स्तरीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी

  • २०८० मंसिर १०, आईतबार मा प्रकाशित ३ महिना अघि
  • १५४ पाठक संख्या
  • बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय र बागमती प्रदेश प्रहरी कार्यालयको संयुक्त आयोजनामा दुई दिवसीय प्रदेश स्तरीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी धुखिलेलमा जारी छ ।

    साइबर अपराधको विद्यमान अवस्था, अपराधको प्रवृती र अपराधमा प्रविधीको प्रयोग लगायत विषयमा अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपण गर्ने निकायविच छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख भाग्यन्द्र पुरुष ढकालले जानकारी दिए ।

    नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक टेकबहादुर तामाङले गोष्ठको उद्घाटन गर्दै अन्तरदेशीय प्रकृतिका साइबर अपराध बढिरहेको भन्दै टिकटक याहू, जिमेल लगायतका सेवा प्रदायकको सहयोग लिनुपर्ने अवस्था रहेको बताए । अपराधको प्रवृती फेरिएको भन्दै अपराध अनुसन्धान र सुरक्षाविच अनोन्याश्रित सम्बन्ध भएको बताए ।

    आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैंडाले नेपाल प्रहरीले नागरिकमैत्री काम अघि बढाइरहेको भन्दै नेपाल प्रहरी प्रति जनताको भरोसा बढिरहेको बताए ।

    काभ्रेका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणका विषयमा भएका अप्ठ्याराहरु गोष्ठीमा निराकरण हुने विश्वास व्यक्त हुँदै न्याय सम्पादन सहज हुने अपेक्षा गरिन् ।

    दुई दिन चल्ने गोष्ठीमा १० जिल्लाका प्रहरी प्रमुख, जिल्ला न्यायधिवक्ताहरुको सहभागिता छ ।

    गोष्ठिको समापनमा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ सहभागि हुने भएका छन् ।

    प्रतिक्रिया दिनुहोस