सयपत्री प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको अवसरमा विगत २०५५ सालदेखि वर्षेनी जनागालमा साहित्यिक कार्यक्रम गरी राष्ट्रिय स्तरका एक र काभ्रेली साहित्यकार एक जोडी दम्पत्तिलाई सयपत्री राष्ट्रिय सम्मानद्वारा सम्मानित गर्दै आएको छ ।
सोही अनुरुप यस वर्ष एक साहित्यिक कार्यक्रमका बीच सयपत्री प्रतिष्ठान नेपाल का सल्लाहकार तथा कार्यक्रम संयोजक मोहन दुवालको सभापतित्व, शिक्षाविद तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको प्रमुख आतिथ्यतामा सयपत्री राष्ट्रिय सम्मानद्वारा वरिष्ठ साहित्यकार प्रा. डा. अभि सुवेदी र साहित्यकार रामसुन्दर देउजा दम्पतीलाई सम्मान गरिएको हो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्तिको अवसरमा डा. सुवेदी र उहाँकी जीवनसंगिनी विन्दु सुवेदी र साहित्यकार देउजा र उहाँकी जीवनसंगिनी सावित्री देउजाकासाथ सयपत्री राष्ट्रिय सम्मान २०८० द्वारा सम्मानित गरिएको हो । सयपत्री सम्मानमा सम्मानित जोडीलाई सम्मान पत्र, सयपत्रीको माला, दुवोको माला, दोसल्ला र नगद पाँच हजार एक रुपैयाँ रहेको छ । प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले सयपत्री राष्ट्रिय सम्मान र सस्थाको गतिविधि बारे प्रकाश पार्नु भएको कार्यक्रममा प्रमुख अतिथि शर्माले कार्यक्रमलाई सम्बोधन गर्दै हामीले सधैँ अरुको भर पर्न नहुने , हामीमा अथाह सम्भावना छ त्यसको खोजी गर्नु पर्ने बताउनु हुँदै हामीले बिश्वास गरेको मान्छेहरूले काम नगर्दा देशको अवस्था बिग्रेको चित्रण गर्दै सयपत्रीको दम्पति सहितको सम्मान सबैले अनुशरण गर्नुपर्ने बिचार व्यक्त गर्नु भयो ।
प्रतिष्ठान का अध्यक्ष राजेन्द्र श्रेष्ठले सयपत्री प्रतिष्ठान मार्फत जनज्योति माबी जनागालमा वर्षको २ जना बिद्यार्थीलाई आफ्नो स्वर्गीय पिता रामभक्त श्रेष्ठ र माता भुवनदेवी श्रेष्ठको स्मृतिमा छात्रवृत्ति प्रदान गर्न एक लाख पाँच हजार अक्षय कोष प्रदान गर्नु भएको कार्यक्रममा सम्मानित ब्यक्तित्वहरू, प्रतिष्ठानका उपाध्यक्ष प्रधुम्न न्यौपाने, सदस्य रबिन बिष्ट लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा सरस्वती चिमौरिया,नवराज दाहाल उत्साही,अनामिका सजल,`घायल योद्धा´ नवराज,लिला प्र पौडेल,यादब थापा ,मच्छेस्वर सापकोटा,मोहन खड्का,पबित्रा दाहाल ,सिद्धि ब कर्मचार्य लगायत डेढ दर्जन साहित्यकारले आफ्ना रचना वाचन गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस