हिन्दुहरूको दोस्रो महान पर्व तिहार आजबाट सुरू भएको छ । उज्यालो, रंगोली र फुलहरूको पर्वका रूपमा समेत परीचित तिहारलाई विद्यालयहरूमा पनि मनाउन थालिएको छ ।
विद्यालयहरूमा शिक्षक र विद्यार्थीहरूको सहभागितामा विविध साँस्कृतिक कार्यक्रम, देउसी भैलो, रंगोली बनाउनुका साथै लक्ष्मी पूजा गरेर तिहारको शुभकामना आदान प्रदान गर्न थालेका हुन । यसै बिच बनेपा ८ स्थीत वाल वाटिका विद्या मन्दिर मा वि ले आज विद्यालय प्राङ्गणमा रंगोली तथा दिपावली गरी तिहार पर्व मनाएको छ ।
वाल वाटिका मन्दिर विगत ३४ बर्ष देखि शिक्षा क्षेत्रमा योगदान गर्दै आएको बनेपाको एक विद्यालय हो, जस्ले हिन्दुहरुको अन्य चाडपर्वहरुमा विभिन्न सास्कृतिक कार्यक्रम तथा अतिरिक्त क्रियाकलापहरुमा बिद्यार्थिहरुलाई सहभागी गराउदै पनि आएको छ।
प्रतिक्रिया दिनुहोस