२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

काभ्रेमै पहिलोपटक बागमतीमा पब्जी प्रतियोगिता सम्पन्न।

  • २०८० कार्तिक २१, मंगलबार मा प्रकाशित ३ हप्ता अघि
  • ४४४ पाठक संख्या
  • बनेपा । काभ्रे जिल्लामै पहिलो पटक विद्यायलय अन्तर सदन पब्जी प्रतियोगीता सम्पन्न भएको छ। जिल्लाको व्यापारिक बनेपा-८ मा अवस्थित बागमती अङ्ग्रेजी बोर्डिङ स्कुलको आयोजना पब्जी खेल सम्पन्न भएको हो ।
    सो विद्यालयले स्थापनाकालदेखिनै बालबालिकाको सर्वाङ्गिन विकासका लागि विभिन्न प्रकारका अतिरिक्त क्रियाकलापहरु सन्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक दिपेन्द्र बिष्टले जानकारी दिए । उक्त खेलले बालबालिकाको मानसिक रूपमा सक्रियता जगाउने बिष्टले बताए ।
    विद्यालयका प्रिन्सिपल बिष्टका अनुसार पब्जी खेलप्रती अभिभावकको नकारात्मक दृष्टिकोणलाई चिर्नको लागि पनि यो प्रतियोगिताको आयोजना गरेको हो । यो खेलले बालबालिकाको पढाईको साथसाथै बहुकार्यत्मक क्षमतालाइ अभिबृद्धी गर्ने उनले बताए । बालमनोबैज्ञानिक दृष्टिले समेत पढ्ने, लेख्ने साथै विश्व जगतको बर्तमान परिबेशलाई सुहाउदो शैक्षेणिक कृयाकलापको रुपमा पब्जी गेमलाइ समेत लिन सकिने सम्भावनालाई साकार रुप दिन यो प्रतियोगिताले निकै महत्वपूर्ण भुमिका निर्वाह गर्ने बिष्टको भनाइ छ ।
    बार्षिक खेल सप्ताहको अवसर पारी आयोजना गरिएको पब्जी प्रतियोगिताको प्राविधिक सहयोग रोजन मुस्याजु, रोनिश मुस्याजु र मनिश मानन्धरको समूहले गरेका थिए ।
    उक्त प्रतियोगिताको लागि विभिन्न चार सदनले भाग लिएका थिए। चार सदन मध्ये हरियो समुह (ग्रीन हाउस) पहिलो स्थान हासिल गर्न सफल भएका छन । त्यस्तै पहेलो समुह (एल्लो हाउस) दोस्रो र निलो समूह (ब्लु हाउस) तेस्रो भएका छन ।

    प्रतिक्रिया दिनुहोस