जिल्ला समन्वय समितिको आयोजनामा पालिका स्तरीय भइरहेको चालु आर्थिक बर्षको प्रथम त्रैमासिक अवधीको समिक्षा थप दुई पालिकाको सम्पन्न भएको छ । आईतबार पााँचखाल नगरको व्यवस्थापनमा पाँचखाल र मण्डनदेउपुर नगरपालिकाको त्रैमासिक समिक्षा सम्पन्न भएको हो ।
कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य कञ्चनचन्द्र वादेले जनतासंग प्रत्यक्ष जोडिने सरकार स्थानीय तह भएको र स्थानीय तहले राम्रो नतिजा दिन नसके संघियतामा असर पर्ने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले त्रैमासिक रुपमा प्रदेश र संघ सरकारलाई रिपोर्ट पठाउनुपर्ने भएकोले फल्डमै गएर समिक्षा गरिएको बताए । उनले विभिन्न पालिकालाई छुट्टाछुट्टै कल्ष्टर बनाएर त्रैमासिक समिक्षा गरिने उनले जानकारी दिए ।
पाँचखाल नगर प्रमुख महेश खरेलले व्यवसायीबाट भुक्तानी लिनुपर्ने रकम पाँचखालमा बेरुजु देखिएको भन्दै पाँचखाल कम बेरुजु भएको स्थानीय तह मध्ये पर्ने बताए । नगरपालिका शेक्षिक गुणसतर सुधारेर पाँचखालका विद्यालयमा विद्यार्थी संख्या वढाउने काममा लागेको नगरप्रमुख खरेलले बताए । उनले नगरले आफ्नै पहलमा भुउपयोग योजना, स्थानीय पाठ्यक्रम, एमटीएम्पी योजना लागू गरिएको, कृषि यान्त्रीकरण वितरण, विद्यालयमा कृषि पढ्दै कमाउँदै कार्यक्रम, गोठ सुधारका कार्यक्रम, विषादी न्यूनिकरण, विद्यालय आय आर्जन कार्यक्रम, हरित बसोवास योग्य शहर, महिला औधोगिक ग्राम, महिलाहरुको पिसाब चुहिने रोगको निशुल्क उपचार, प्रत्येक वडामा पक्की सडक, फोहोरबाट जैबिक मल बनाउने जस्ता नमुना कार्यक्रम सञ्चालन भएको जानकारी दिए ।
मण्डनदेउपुर नगर प्रमुख टोकबहादुर वाइवाले विकास निर्माणका काम गर्दा कागजपत्र र प्रकृयामा केही त्रुटी भएर देखिएको बेरुजू भएको तर्क गर्दै कुनै पनि जनप्रतिनिधी र कर्मचारीको नाममा बेरुजू नभएको दाबी गरे ।
पाँचखाल नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले प्रथम त्रैमासिक अवधीको आन्तरिक आयतर्फको ७८ दशमलव ९४ प्रतिशत लक्ष्य हासिल गरेको बताए । उनले तहगत कानूनी अन्यौलता, घाटा बजेट, साँघुरो आन्तरिक आय, वडाहरुको भौगोलिक दुरी समस्याको रुपमा रहेको बताए ।
मण्डनदेउपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले कुल आन्तरिक आयतर्फको ५ दशमलव ३४ प्रतिशत लक्ष्य हासिल गरेको बताए । पालिकाले नयाँ भवनबाट सेवा, बार्षिक कार्ययोजना, प्राईभेट नेटवर्क लगायतका राम्रा कामको सुरुवात भएको खड्काले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर लामा, मण्डनदेउपुर नगरका उपप्रमुख विष्णुमणी नेपाल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना, मण्डनदेउपुरका पार्टी प्रतिनिधिहरु कााग्रेसबाट कश्यप पौडेल, नेकपा एस बाट डिल्ली आचार्य, रास्वपाबाट मणिराम पौडेल, नेमकिपाबाट कृष्णबहादुर तामाङ, त्यस्तै पाँचखाल नगरपालिकाका पार्टी प्रतिनिधिहरु नेकपा एसबाट रविन्द्र शिपखान, रास्वपा बाट नवराज वोलखे, पत्रकारहरु मधुसुधन गुरागाई, नगेन्द्र अधिकारी लगायतले मन्तब्य राखेका थिए ।
प्रतिक्रिया दिनुहोस