२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो, घाइतेको संख्या १६६

  • २०८० कार्तिक १८, शनिबार मा प्रकाशित ३ हप्ता अघि
  • ३० पाठक संख्या
  • जाजरकोटको रामी डाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ ।

    जसमध्ये जाजरकोटका मात्रै १०५ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार शनिबार दिउँसो साढे ३ बजेको विवरणमा जाजरकोटमा मृतकको संख्या १०५ पुगेको छ भने रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार जाजरकोटमा ८१ जना घाइते रहेका छन् भने रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् । कूल घाइतेको संख्या १६६ रहेको प्रहरीले जानकारी दिएको छ ।

    घाइतेहरूको काठमाडौं, बाँके, सुर्खेत लगायतका जिल्लामा रहेका अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस