२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

जाजरकोटमा ६.४ म्याग्निच्यूडको भूकम्प, सयौको मृत्यु

जाजरकोट भुकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु
  • २०८० कार्तिक १८, शनिबार मा प्रकाशित ३ हप्ता अघि
  • १३० पाठक संख्या
  • जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिए ।

    शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले  बताए । त्यस्तै जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ । जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको भट्टराईले बताए ।

    जाजरकोट भुकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ ।

    मिडियाचोक परिवार  ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धान्जली र घाइतेहरूको शीघ्र उपचार र स्वास्थ्यलाभको कामना गर्दछ । विपद्को यो घडीमा सरकारलाई  सम्पूर्ण  साधनश्रोत परिचालन गरेर उद्धार तथा राहतमा केन्द्रित हुन आग्रह छ। उद्धार तथा राहतमा सबैलागी परौ ।

    प्रतिक्रिया दिनुहोस