२०८० मंसिर १६, शनिबार | Sat, 02, Dec, 2023

काभ्रेभञ्ज्याङमा दश क्विन्टल चिनी बरामद

  • २०८० कार्तिक १६, बिहिबार मा प्रकाशित ४ हप्ता अघि
  • १३४ पाठक संख्या
  • काभ्रेभञ्ज्याङमा १० क्विन्टल चिनी बरामद गरिएको छ ।

    बिहीबार बिहान १० देखि अपरान्ह ४ः३० बजेसम्म काभ्रेको धुलिखेल ९ काभ्रेभञ्ज्याङ चेक पोष्टबाट उक्त परिमाणको चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    नेपाल प्रहरी र ट्राफिक सहितको संयुक्त चेकिङ गर्दा पूर्वको विभिन्न स्थानबाट बाट विपी राजमार्ग हुँदै आएका सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा ३३ वटा बोरामा अवैध रुपमा लुकाई छिपाई ल्याएको १० क्विन्टल चिनी बरामाद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

    सरकारले चिनी व्यवस्थापन गर्न नसक्दा अवैध रुपमा चिनी भित्रिरहेको छ । उपभोक्ता मारमा परेका छन् ।

    प्रतिक्रिया दिनुहोस