‘योगेन्द्र स्मृति कप’को उपाधि सरस्वती रातो ‘रेड’ले पाएको छ ।
पनौती क्षेत्रीय रंगशालामा आयोजित फुटबल प्रतियोगिताको शुक्रबार सम्पन्न भएको फाइनल खेलमा सरस्वती ‘रेड’ले सरस्वती ‘ब्लु’ लाई १–० गोल अन्तरले पराजित गरेको हो ।
प्रतियोगितामा प्रथम हुने टिम सरस्वती ‘रेड’ले नगद एक लाख, ट्रफी, प्रमाणपत्र प्रदान गरिएको ‘योगेन्द्र स्मृति कप’ का संयोजक सुवास श्रेष्ठले जानकारी दिए । उनका अनुसार, त्यस्तै, दोस्रो हुने सरस्वती ‘ब्लु’ले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाएको छ ।
विजेताहरुलाई समापन समारोहमा वाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाईमन्त्री तिर्थ लामा, जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, पुर्व अध्यक्ष ईश्वरी ओझा, पनौति पर्यटन केन्द्रका अध्यक्ष पुरूषोतम कर्माचार्य लगायतले नगद, ट्रफी तथा प्रमाण पत्र वितरण गरेका थिए ।
कार्यक्रममा मन्त्री लामाले खेलकुदले युवाहरुमा नयाँ उत्साह थपेको बताए । उनले भने, ‘खेलाडी देशका गहना हुन्, जसले देशको पहिचान बनाएको छ, त्यसकारण पनि खेलाडीहरुको सम्मान गर्नुपर्छ ।’
सरस्वती ब्वाईज क्लबले स्व. खेलाडी योगेन्द्र तामाङको सम्झनामा असोज २० गतेदेखि कार्त्तिक ३ गतेसम्म ‘योगेन्द्र स्मृति कप’ आयोजना गरेको हो । क्लबका खेलाडी तामाङको २०७९ चैत २५ गते मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस