२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

पनौतीमा ‘योगेन्द्र स्मृती कप’ फुटबल प्रतियोगिता शुरु

उद्घाटन खेलमा सरस्वती बोईज क्लबले ३–१ गोल अन्तरमा कुशादेवी युवा क्लबलाई हरायो
  • २०८० आश्विन २०, शनिबार मा प्रकाशित १ महिना अघि
  • १७२ पाठक संख्या
  • सरस्वति व्याईज क्लबको आयोजनामा पनौतीमा ‘योगेन्द्र स्मृती कप’ फुटबल प्रतियोगिता शुरु भएको छ ।

    आफ्नो क्लबका स्व.खेलाडि योगेन्द्र तामाङको सम्झनामा आयोजित प्रतियोगिताको बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिचाई मन्त्री तिर्थ लामाले उद्घाटन गरे । कार्यक्रममा मन्तब्य राख्दै मन्त्री लामाले अनुशासित खेलाडीले मात्रै देश बिकास गर्न सक्ने भन्दै खेल क्षेत्रको बिकासमा लाग्न अनुरोध गरे । उनले खेलमा लागेका युवाहरुको खेल क्षेत्र र पनौती क्षेत्रीय रंगशालाको बिकासको लागि आफ्नो तर्फबाट पहल गर्ने बताए ।

    कार्यक्रममा पनौती नगर प्रमुख रामशरण भन्डारी, नगर उपप्रमुख गिता बन्जारा, पनौती उद्योग बाणिज्य सङ्घका अध्यक्ष भोला थापा, पनौती वडा नम्बर ४ का अध्यक्ष दिपकप्रसाद दाहाल, क्लबका कार्यक्रम संयोजक सुबास श्रेष्ठ, सदस्य प्रतीक महत लगायतले खेल क्षेत्रको बिकासको लागि सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरे ।

    कार्तिक ३ गतेसम्म पनौतीस्थित क्षेत्रिय रङ्गशालामा संचालन हुने प्रतियोगितामा २० टिमको सहभागिता रहेको कार्यक्रम संयोजक सुवास श्रेष्ठले जानकारी दिए ।

    नकआउटका आधारमा हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख, दोस्रोले नगद ५० हजार रुपैंया सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने संयोजक श्रेष्ठले बताए । उनका अनुसार, प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडिलाई नगद पुरस्कार समेत प्रदान गरिनेछ ।

    त्यस्तै उद्घाटन खेलमा आयोजक सरस्वती बोईज क्लबले ३–१ गोल अन्तरमा कुशादेवी युवा क्लबलाई पराजित गर्यो । त्यस्तै दोश्रो खेलमा अन्नपूर्ण क्लबले आकाश भैरब क्लब धुलिखेललाई ४–१ गो अन्तरमा पराजित पर्यो ।

     

     

     

    प्रतिक्रिया दिनुहोस