२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

चौथो बनेपा महोत्सव २०८० शुक्रबारबाट सुरु

महोत्सव कात्तिक ४ गतेसम्म चल्ने
  • २०८० आश्विन १९, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • २०९ पाठक संख्या
  • चौथो बनेपा महोत्सव २०८० शुक्रबारबाट सुरु भएको छ ।

    ‘हाम्रो अभियान, खेलको सान, संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने नाराका साथ बनेपा ब्वाइज क्लब (बीबीसी) को आयोजनामा शुक्रवारबाट सुरु भएको हो ।

    कात्तिक ४ गतेसम्म चल्ने महोत्सव बनेपास्थित उग्रेश्वर मन्दिर परिसरमा वाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाईमन्त्री तीर्थबहादुर लामाले उद्घाटन गरेका हुन् । मन्त्री लामाले स्थानीय सांस्कृतिक, औद्योगिक, हस्तकला प्रवद्र्धन र खेलकुद विकासमा महोत्सवले ठूलो सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । महोत्सव आन्तरिक पर्यटक प्रबद्र्धन र आर्थिक गतिविधि बढाउन सहयोगी हुनेछु, उनले भने ।

    उद्घाटन समारोहअघि बनेपा पार्टी भेन्यूबाट बनेपा नगरपालिका परिक्रमा गर्दै महोत्सव हुने स्थानसम्म स्थानीय कला, संस्कृति झल्कने बाजागाजा नाच, झाँकीसहित विभिन्न संघ संस्था, कलेज, क्लबको सहभागितामा र्‍याली आयोजना गरिएको थियो ।

    महोत्सवमा विभिन्न विधाका खेलकुद, गायन, नृत्य, धिमे बाजा प्रतियोगिताका साथै प्रत्येक दिन राष्ट्रियस्तर कलाकारहरू, सांस्कृतिक प्रस्तुतिसमेत रहने आयोजक संस्थाका अध्यक्ष महेशकुमार कर्माचार्यले जानकारी दिए । उनका अनुसार, महोत्सवमा घरेलु उत्पादनका सामग्री, हस्तकलाका सामग्री, खाद्य सामग्री, लत्ताकपडा, खानाका विभिन्न परिकार, लगायतका स्टलहरु राखिएको छ ।

    भोलिका लागि कलाकार प्रिति आले, महेश मुखिया, यम कुमार मल्ल, धनपति दाहाल, मन्दिरा के। सि लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस