२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

क्षणिक आवेगमा एक पुरुषको टाउकोमा ढुंगा प्रहार गरी हत्या

हत्यामा संलग्न रहेको आरोपमा चाँगुनारायण नगरपालिका वडा नं ८ का २१ वर्षीय समिर राय र काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं १ का २२ वर्षीय ईश्वर विक पक्राउ
  • २०८० आश्विन १५, सोमबार मा प्रकाशित २ महिना अघि
  • १९६ पाठक संख्या
  • ५५ वर्षीय दुधलाल थिङको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    सिन्धुली जिल्लाको मरिण गाउँपालिका वडा नं ५ घर भई हाल कलमसी बस्दै आएका ५५ वर्षीय दुधलाल थिङको हत्यामा संलग्न रहेको आरोपमा भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं ८ का २१ वर्षीय समिर राय र काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं १ का २२ वर्षीय ईश्वर विक रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई असोज १४ गते राति ८ बजे पक्राउ गरेको थियो ।

    पक्राउ परेको अभियुक्तहरुले घटना घट्नुअघि दुवैले मादक पदार्थ सेवन गरेको र घर फर्किने क्रममा दुधलाल थिङलाई बाटोमा भेट्दा सामान्य भनाभन भएको र सोही रिसको आवेगमा कुटपिट गरी, लडाएर ढुंगाले टाउकोमा हानेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र ईलाका प्रहरी कार्यालय बनेपा समेतबाट सादा पोशाकमा प्रहरी परिचालन गरी घटनास्थल वरपर निरन्तर निगरानी, घटनाको सुक्ष्म अध्ययन, गोप्य सुचना संकलनबाट घटनामा संग्लन अभियुक्तलाई १२ घण्टाभित्रै पक्राउ गर्न सफल भयौं ।’ इलाका प्रहरी कार्यालयका प्रमुुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

    घटना घटाउदा बखत उनीहरुले प्रयोग गरेको कपडा समेत प्रहरीले बरामद गरेको छ ।

    पक्राउ परेको प्रतिवादीहरुलाई मुलुकी फौजदारी अपराधसंहिता ऐन २०७४ को ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस