नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ बागमती प्रदेशको तेस्रो अधिवेशनबाट अध्यक्ष पदमा काभ्रेका रबीन्द्र वैदार निर्वाचित भएका छन् ।
धुलिखेलमा सम्पन्न भएको अधिवेशनबाट बरिष्ठ उपाधयक्षमा चितवनका रुद्रहरी भण्डारी, उपाध्यक्षमा विरेन्द्र डिसि क्षेत्री, महासचिवमा सिन्धुलीका कृष्णप्रसाद कालाखेती, सचिवमा नुवाकोटका प्रेमलाल श्रेष्ठ, कोषाध्यक्षमा धादिङका बिमल तामाङ निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरमा धादिङका दिपक सुवाल, चन्द्रबहादुर मुक्तान, चितवनका बालकृष्ण आले मगर र देवीप्रसाद कडेल, काभ्रेका गणेश थापा र प्रेम बहादुर तामाङ निर्वाचित भए ।
बागमती प्रदेशका बन तथा बाताबरण मन्त्री मसिना खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ बागमती प्रदेशको अध्यक्ष प्रकाश रायमाझीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस