२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

निर्माण व्यवसायी संघ काभ्रेको १३ औं बार्षिक साधारणसभा

तीन तहका सरकारका फरक–फरक निर्णयका कारण समस्यामा
  • २०८० आश्विन १३, शनिबार मा प्रकाशित २ महिना अघि
  • १३४ पाठक संख्या
  • निर्माण व्यवसायी संघ काभ्रेको १३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारणसभामा बोल्ने अधिकाशं निर्माण व्यवसायीले तीन तहका सरकारका फरक–फरक निर्णयका कारण समस्यामा परेको बताएका हुन ।

    नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । उनले व्यवसायीले काम सकेपनि समयमा भुक्तानी नभएको कारण व्यवसाय नै धरापमा परेको बताए ।

    कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले काम जिल्ला लिएर समयमा नै पुरा नगर्ने प्रवृती पनि रहेको भन्दै धुलिखेलदेखि खाँवासम्मको बाटोको कारण निर्माण व्यवसायी आलोचित हुनुपर्ने अवस्था आएको बताए ।

    निर्माण व्यवसायी संघ काभ्रेका अध्यक्ष विजय लामाले काम गर्ने बेलामा क्रसर बन्द हुँदा व्यवसायी मारमा परेको बताए । सरकार आफैले बन्द गर्ने निर्णय गर्दा पनि छुट नपाएको उनले गुनासो गरे । त्यस्तै निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष विजय देउजाले पनि खानी तथा क्रसर बन्द हुँदा निर्माण व्यवसायीहरु मर्कामा परेको दुखेसो पोखे । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य उपेन्द्र घिसिङले सरकारले लगाएको कामको भुक्तानी अझै नभएको भन्दै त्यसको प्रत्यक्ष मारमा व्यवसायी र मजदुर भएको बताए । का

    कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता जिएन सापकोटा, माओवादी केन्द्रका नेता भोला अर्याल, काभ्रे उद्याृग बाणिज्य संघका उपाध्यक्ष केलास पलाञ्चोके लगायतले निर्माण बारे मन्तब्य दिएका थिए ।

    कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष ऐडी लामा, उपाध्यक्ष रामजी पन्त मुकेश, रोशन दाहाल, रत्नबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो र

    प्रतिक्रिया दिनुहोस