२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

संविधान दिवसको पूर्वसन्ध्यामा दिप प्रज्वलन

  • २०८० आश्विन २, मंगलबार मा प्रकाशित २ महिना अघि
  • २१२ पाठक संख्या
  • संविधान दिवस २०८० को पूर्वसन्ध्यामा काभ्रेमा दिप प्रज्वलन गरिएको छ ।

    संविधान दिवस मूल समारोह समितिको आयोजनामा जिल्ला समन्वय समितिको प्रांगणमा मंगलबार साँझ दिप प्रज्वलन कार्यक्रम गरिएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले सहिदहरुको योगदानले निर्माण भएको संविधानको पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेको उपाध्यक्ष पुण्यवती घिमिरेले जनताले लडेर ल्याएको संविधान कार्यान्वयन नहुने हो भने जनतालाई अपराध गरेको ठहरिने  बताइन् ।नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमिल्सिनाले संविधान पूर्णरुपमा कार्यान्वयन गराउन सञ्चारजगत प्रतिबद्ध रहेको  बताए ।

    संविधान दिवस मूल समारोह समितिकी अध्यक्ष प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले संविधानसभा निर्वाचनमार्फत संविधान बनाउने कुरामा जीवन आहुति दिनेहरुप्रति श्रद्धा–सुमन व्यक्त गर्नुको साथै घाइतेहरुप्रति घीघ्र स्वास्थ्यलाभको कामना, बेपत्ता नागरिकहरुप्रति सम्झना गर्दै संविधान कार्यान्वयन गर्ने कुरामा प्रतिबद्धता व्यक्त गरिन् ।

    पुर्वसन्ध्यामा नै बनेपा नगरपालिका-५ मा रहेको चण्डेश्वरी मन्दिर र पाँचखाल नगरपालिका-९ मा रहेको पलाञ्चोक भगवती मन्दिरमा सरसफाइ कार्यक्रम गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस