बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने मूल नाराका साथमा देशभरी मनाइरहेको ५९ औँ राष्ट्रिय बालदिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना भएको छ ।
नमोबुद्ध नगरपालिका वडा नं ७ भकुण्डेबेँशीमा रहेको नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयको आयोजनामा “राष्ट्रप्रेमी नागरिक निर्माणमा विद्यालयको भूमिका” शीर्षकमा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालका कक्षा सातमा अध्ययनरत छात्रा रिकेशा उप्रेती प्रथम भइन ।
नमोबुद्ध नगरपालिकाभित्रका विभिन्न विद्यालयहरुको सहभागीता रहेको उक्त कार्यक्रममा जनक माध्यमिक विद्यालयकी छात्रा बिनिता मिजार द्धितीय, श्री जनहित माध्यमिक विद्यालयको छात्रा सुमन श्रेष्ठ तृतीय स्थान प्राप्त गरेका थिए भने जनक माध्यमिक विद्यालकी छात्रा रस्मिता काफ्ले र श्री नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयकी छात्रा स्वेच्छा श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रममा निर्णायकको भूमिकामा श्री जनक माध्यमिक विद्यालयको शिक्षक जगदीश प्रसाद भट्ट, श्री जनहित माध्यमिक विद्यालयकी शिक्षिका सीता काफ्ले खनाल, श्री बाल उज्ज्वल माध्यमिक विद्यालयको शिक्षक पवन कुमार यादव रहेका थिए ।
कार्यक्रमको सभापतित्व विद्यालयका संस्थापक सन्तोष अधिकारीले गरेका थिए भने बिद्यालयका सहायक प्रधानाध्यापक विवेक कुमार तामाङले स्वागत मन्तव्य राखेका थिए ।
प्रतिक्रिया दिनुहोस