२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

पोखराको मोनालिसा थकाली खाना अब बनेपाको नयाँ तरकारी बजारमा पाईने।

  • २०८० भाद्र २, शनिबार मा प्रकाशित ३ महिना अघि
  • १२०९ पाठक संख्या
  • पोखराको मोनालिसा थकाली खाना अब काभ्रेको  बनेपा बजारस्थित तरकारीबजारमा पनि पाईने भएको छ। त्यसकालागि अतिथि थकाली किचेन संचालनमा आउन लागेको हो।

    सफा अनि चिटिक्कको डेकोरेसन र परिवार सहित खाना खाने ब्यबस्थापन गरेको काभ्रे, बनेपाको नयाँ तरकारीबजारस्थित रास्ट्रीय बाणिज्य बैंकको पारीपट्टि सत्यशाही हस्पिटल सङ्गैको घरमा  संचालनमा आउँदै गरेको अतिथि थकाली किचेन, पोखराको मोनालिसा थकालि खाना तथा स्वस्थ भोजन र परिकारहरु सस्तो अनि चलिआएको दरमा  खुवाउने ब्यबस्थापन सहित २०८० साल भाद्र ७ गतेबाट संचालनमा आउने भएको हो।

    “जथाभावी खानेकुरा खाने बानिले हामी फोहोर तथा दुषित खानेकुरा खाईरहेका हुन्छौं, जस्ले स्वास्थमा प्रतिकुल असर पर्नसक्छ। अतिथि थकाली किचेनको सफा तरिकाले बनाउने खाना, मोनालिसा थकालिको स्वाद अनि अनि चिटिक्कको बस्ने ब्यबस्था देख्दा खानाको दर बढी होला भन्ने सबैले सोच्नु होला तर स्वस्थ खाना साधारण चलिआएको दरमै खुवाउने हामिले तयारी गरेका छौँ” अतिथी थकाली किचेनका प्रोपाईटर राज घिमिरेले भन्नुभयो।

    “”स्वस्थ भोजन अब परिवारका साथ” भन्ने कुरालाई बिशेष मध्यनजर गर्दै हामिले परिवारका साथ खाना खाने व्यवस्थापनलाई पनि बिशेष जोड दिएका छौँ” उहाँले भन्नुभयो। विगतमा झण्डै ८ बर्ष भन्दा बढी पोखराको मोनालिसा थकालिमा उहाँ कार्यरत पनि हुनुहुन्थ्यो।

    अतिथि थकाली किचेन एक तल्ला माथी रहेकाले सडकको धुवाँ तथा धुलोको प्रभाव नपर्ने देखिन्छ। यहाँको सुन्दर डेकोरेसन तथा सस्तो र सरल दरमा खुवाईने भोजनले झनै निकै राम्रो प्रभाव पार्न सक्ने देखिन्छ। परिवारका साथ स्वस्थ अनि सफा स्थानमा बस्दै स्वस्थ भोजन गर्न आजको समयमा मानिसहरुको रुचिको विषय पनि भएकाले अतिथि थकाली किचेन जस्ता भोजनालयको आवस्यकता झल्किएको प्रोपाईटर राज घिमिरेले बताउनु भयो।

    प्रतिक्रिया दिनुहोस