२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

पेट्रोलमा ९, डिजेल र मट्टितेल प्रतिलिटर ७ रुपैया मूल्य बढ्यो, ग्यासमा प्रतिसिलिण्डर १ सय ३० घट्यो

गोप्य नराख्दा मंगलवार अधिंकाश डिलरहरुले लुकाएर बेचेनन
  • २०८० श्रावण १६, मंगलबार मा प्रकाशित ४ महिना अघि
  • ३३९ पाठक संख्या
  • नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

    निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढेको हो । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । ठाउँअनुसार मूल्य फरक फरक छ ।

    त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ घटेको छ । खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १६६० रुपैयाँ पर्नेछ । भारतबाट नयाँ मूल्य आएलगत्तै निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको जनाएको छ ।

    गोप्यता नराख्दा मंगलवार अधिंकाश डिलरहरुले लुकाएर बेचेनन

    गत ३१ असारमा आयल निगमले स्वचालित मूल्य प्रणाली लागू गर्‍यो । स्वचालित मूल्य प्रणाली कार्यविधिअनुसार डिजल, पेट्रोल र मट्टीतेलमा भारतबाट घटेर वा बढेर आएको मूल्यमा कर थपेर निगमले २ प्रतिशत मात्रै नाफा राखेर नयाँ मूल्य तोक्न पाउँछ ।

    जसका कारण इन्धनको भारतबाट खरिद मूल्य अग्रिम चुहियो भने बजारमा इन्धनको मूल्य घट्ने वा बढ्ने पहिल्यै जानकारी पुग्छ । तर, प्रणाली कार्यान्वयन घोषणा भएको पहिलो पटकै निगमले इन्धनको परल मूल्यमा गोप्यता अपनाउन नसक्दा बजारमा इन्धनको मूल्य पहिल्यै अनुमान गर्न सक्ने अवस्थामा पुगेको छ । निगमले स्वचालित प्रणालीअनुसार मूल्य नतोक्दै व्यवसायी र ग्राहकमा इन्धनको मूल्य लिटरमा कति बढ्छ वा घट्छ भन्ने यकिन भने पहिल्यै भइसकेको छ जसले इन्धन बिक्रीको आपूर्ति श्रृङ्‍खलालाई नै असर गर्ने छ । पहिल्यै थाहा पाउँदा मंगलवार अधिंकाश डिलरहरुले लुकाएर इन्धन नै बेचेनन ।

    प्रतिक्रिया दिनुहोस