२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

बागमती प्रदेशकै उत्कृष्ट सहकारी बिन्धवासिनी साकोस

  • २०८० श्रावण १५, सोमबार मा प्रकाशित ४ महिना अघि
  • ६१० पाठक संख्या
  • काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागमती प्रदेशको उत्कृष्ट सहकारी संस्थाको रुपमा घोषणा भएको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)कोे तेस्रो स्थापना दिवसको अवसरमा बिन्धवासिनी साकोसलाई प्रदेशकै उत्कृष्ट सहकारी संस्था र बागमती प्रोस्कूनको सेवा उपयोग गर्ने उत्कृष्ट साकोसको रुपमा मनकामना बचत तथा ऋण सहकारी संस्थालाई घोषणा गरिएको हो ।

    बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको सभापतित्व तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोर्कणमणि दुवाडीको प्रमुख अतिथ्यतामा काठमाण्डौंमा सम्पन्न तेस्रो स्थापना दिवसको अवसरमा संघले उत्कृष्ट संघसंस्था तथा ब्यक्तीहरुलाई सम्मान गर्ने घोषणा गरेको थियो ।

    यसरी हुने सम्मानीत संघसंस्था तथा ब्यक्तीहरुमा उत्कृष्ट जिल्ला बचत संघ मकवानपुर, उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्था लि काभ्रे, उत्कृष्ट महिला बचत तथा ऋण सहकारी सज्जन महिला बचत तथा ऋण सहकारी काठमाडौं, उत्कृष्ट सेवा उपयोग सम्मान मनकामना बचत तथा ऋण सहकारी काभ्रे, उत्कृष्ट लगानीकर्ता सम्मान, जनमुखी बचत तथा ऋण सहकारी दोलखा, उत्कृष्ट बचतकर्ता सम्मान भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी भक्तपुर रहेका छन ।

    यसैगरी सहकारी अभियान्ता सम्मान, राष्ट्रिय सहकारी महासंघका सञ्चालक डिबी बस्नेत, उत्कृष्ट सहकारी सञ्चारकर्मी सम्मान, सहकारी अखबार डटकमका प्रधान सम्पादक खिलानाथ दाहाल, प्रदेश उत्कृष्ट व्यवस्थापक, कल्याणकारी बचत तथा ऋण सहकारी संस्था ललितपुरका ब्यवस्थापक कुमार खत्री, उत्कृष्ट पदाधिकारी एवं सञ्चालक सम्मान (सदस्य संघ र संस्था) बचत तथा ऋण सहकारी संघ दोलखाका अध्यक्ष भूमिराज खड्का र उत्कृष्ट कर्मचारी सानुमैया दाहाल बञ्जरा छनौट भएका छन । उक्त सम्मान तथा पुरस्कार आगामी साधारण सभामा प्रदान गर्ने बागमती प्रोस्कून जनाएको छ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोर्कणमणि दुवाडी, सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे, बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सचिव नगेन्द्र रिजाल, बागमती प्रदेश सहकारी विकास वोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटा, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)का महासचिव दामोदर अधिकारी लगायतले सहकारी क्षेत्रका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस