प्रथम पाँचखाल मेयर कप राष्ट्रिय पुरुष तथा महिला तौल समुह फुलकन्ट्याक्ट क्योकुशिन कराँते प्रतियोगीता – २०८० पाँचखालमा शुरु भएको छ । आज एक कार्यक्रमका विच प्रतियोगिताको पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले उद्घाटन गरे ।
पाँचखाल नगरपालिकाको सहयोग तथा इन्टरनेशनल फेडेरल क्योकुशिन अर्गनाइजेसन अफ कराँते नेपालको आयोजनामा भएको पतियोगितामा देशका ४२ जिल्लाबाट खेलाडी प्रशिक्षक तथा अफिसियलहरुको सहभागिता रहेको छ ।
पाँचखाल नगरका नगरप्रमुख महेश खरेलले पाँचखालमा ऐेतिहासिक खेल आयोजना भएको बताउँदै यस्ता प्रतियोगिताले व्यक्तीहरुलाई अनुशासन र आत्मरक्षामा सहयोग पग्ने बताए । उनले विभिन्न भाईबहिनीहरु गलत बाटोमा हिडिरहेको, कुलतमा फसिरहेको, सामाजिक संजालमा बढि समय विताईरहेको सन्र्धभमा खेलकुदले मानिसहरुलाई व्यस्त बनाउने तथा देशको सेवा गर्न पाउने अवसर दिलाउने जानकारी दिए ।
प्रतियोगितामा आज महिला ५० केजी मुनी, पुरुष ३० केजी मुनी, पुरुष ४० केजी मुनी, ५० केजी मुनी, ५५ केजी मुनी तथा ६० केजी मुनीका खेलहरु भएका थिए ।
प्रतियोगिता भोली सम्म रहने इन्टरनेशनल फेडेरल क्योकुशिन अर्गनाइजेसन अफ कराँते एफकेओकेको नेपालका लागि ब्रान्च चिफ नवराज सेढाईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस