पाँचखाल नगरपालिका वडा नं ११ मा रहेको एक किराना पसलमा माउन्टेन ड्युमा अखाद्य बस्तु फेला परेको छ ।
हाँगा जस्तो देखिने काठको टुक्रा माउन्टेन ड्युको बन्द गरिएको बोतलमा भेटिएको छ । फ्रिजमा राखेको र पसलमा ग्राहक आएर बिग्रि गर्ने क्रममा बिर्को खोल्न खोज्दा यस्तो देखेपछी बोतल नखोलि राखेको पसले कृष्णलाल श्रेष्ठले जानकारी दिए
गुणस्तरहीन खाद्य वस्तु उत्पादन गर्नेलाई ऐनमा पहिलो पटक हजारदेखि दुई हजार रुपैयाँसम्म जरिवाना र दोस्रोपटकदेखि दुई हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ भनी उल्लेख गरिएको छ । तर पछिल्लो पटक कारवाही थोरै जरिवानाको व्यवस्था भएकाले उद्योगहरुको मनोबल बढ्दै गए पछि ऐनलाई संशोधन गरेर पहिलोपटकमा १० हजारदेखि २० हजार रुपैयाँसम्म र दोस्रोपटक देखि प्रत्येक पटक २० हजार रुपैयाँ देखि ५० हजार रुपैयाँ जरिवाना गर्ने तयारी गरेको छ । खाद्य ऐनको दफा ५ को उपदफा ३ मा दूषित खाद्य पदार्थ उत्पादन, बिक्री, वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई पाँचदेखि १० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रावधानलाई बढाएर ५० हजारदेखि लाख रुपैयाँसम्म जरिवाना वा सात महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने प्रस्ताव गरेको छ ।
बिपिन खरेलको सहयोगमा
प्रतिक्रिया दिनुहोस