२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

धुलिखेल नगरपालिका : चुनावमा प्रयोग भएको गाडीलाई नगरवाट भुक्तानी, १० महिनामा २७ लाखको खानाखाजा

  • २०८० जेष्ठ ३२, बिहिबार मा प्रकाशित ५ महिना अघि
  • २७५४ पाठक संख्या
  • धुलिखेल नगरपालिकामा गत संसदीय निर्वाचनमा पार्टीको अध्यक्षको रुपमा प्रयोग भएको गाडीभाडा नगरवाट भुक्तानी भएको छ । नगरपालिका श्रोतका अनुसार नगरप्रमुख अशोककुमार व्याञ्जुले पार्टी अध्यक्षको रुपमा चुनावी प्रचार प्रसारमा हिड्नको लागि लिइएको गाडीको भाडा समेत नगरबाट भुक्तानी भएको हो ।

    मिडियाचोकलाई प्राप्त भएको लिष्ट अनुसार धुलिखेल होलिडे टुर्स एण्ड ट्राभल्सलाई ९७ हजार र १ लाख ६० हजार गरी २ लाख ५७ हजार, सिल्कवे होलिडेजलाई ८ हजार १ सय ९५ र गाडी भाडा तथा भाडा भनेर एस एस ट्रेडिङ एण्ड सप्लायर्सलाई ८१ हजार ३ सय ६० रुपैया भुक्तानी भएको छ ।

    गाडी भाडामा लिएबापतको नगरले गरेको भुक्तानी

    गाडी भाडामा लिएबापतको नगरले गरेको भुक्तानी

    त्यस्तै नगरपालिकाको नाममा १० महिनाको अवधिमा धुलिखेलका धेरै होटलहरुमा २७ लाख भन्दा बढि रकम खाना खाजाको लागि भुक्तनी भएको छ । भुक्तनी भएका मध्ये पनि कुनै एकै दिनमा तथा कोहिलाई एउटै भौचारमा दूई पटक सम्म रकम तिरिएको छ ।

    मिडियाचोकलाई प्राप्त सूचीअनुसार धुलिखेल लज प्रालिलाई २ लाख २६ हजार २२६, ट्वीइन्स किचेनलाई ४ लाख ७७ हजार १००, होटल सारथीमा दुई पटक गरेर १ लाख ७४ हजार ३०२, गाया होलिडेलाई १८ हजार ९ सय २७, अनुप रेष्टेरेन्टलाई ३ लाख ४६ हजार १ सय ७५, मेरीगोलड क्याफेलाई ९५ हजार ३८०, हेरिटेज होमलाई ३ लाख ७८२, श्रीकृष्ण भोजनालयलाई शिर्षक फरक, एउटै मिति तथा एउटै भौचर नम्बरमा ७३ हजार ३३२ र ६० हजार ५ सय ३४ रुपैया गरी १ लाख ३३ हजार ८६६, न्यू संजीवनी खाजा घरलाई १ लाख १० हजार ४५५, धुलिखेल बुटिक होटललाई १ लाख ८३ हजार ४०३, साईनो रेष्टुरेन्ट एण्ड गेष्टहाउसलाई ४२ हजार १८०, सारथी मार्टलाई तिरेको १ लाख ३३ हजार ६६२ र फुटकर समेत गरी २७ लाख भन्दा बढि होटल, खाना तथा खाजामा भुक्तानी भएको छ ।

    खाना खाजा खाएर नगरले तिरेको बिल अनुसारको खर्च विवरण ।

    उपप्रमुख सहित ६ जना वडा अध्यक्षले मागे निश्पक्ष छानविनको माग

    धुलिखेल नगरपलिकामा आब २०७९/०८० मा विभिन्न शिर्षकमा भएका खर्चहरु पारदर्शी नभएको भन्दै गत बैशाख सम्म विभिन्न शिर्षकमा भएका खर्चहरुको बारेमा निश्पक्ष छानविन हुनुपर्ने माग गर्दै उपप्रमुख सहित ६ जना वडा अध्यक्षले नगरका प्रमुख समक्ष मागपत्र पस्तुत गरेका छन् ।

    धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, वडाअध्यक्षहरु १ नंका सन्तबहादुर तामाङ, ४ नं का उत्तम तिमल्सिना, ६ का संजय कोजु, ८ का विनोद गौतम, ९ का बद्रिप्रसाद हुमागाई र १० का गोविन्द प्रसाद उपाध्यायले नगरप्रमुख अशोककुमार व्याञ्जुलाई नगरमा भएका अनियमित खर्चहरुका बारेमा निश्पक्ष छानविनको माग गरेका हुन । उनीहरुले २०७९/८० मा भएका नगरका खर्चहरु अनियमित भएको आशंका भएकोले स्वतन्त्र नागरिक सहितको निश्पक्ष छानविन समितिको माग गर्दै सत्यतथ्य ल्याउन माग गरेको छ । त्यस्तै गाडी मर्मतको नाममा २५ लाख २५ हजार ३१९, सवारी साधन भाडा ३ लाख ४६ हजार, ५५५, कार्यालय प्रयोजनको लागि इन्धन ३२ लाख ५८ हजार ७७८, होटल तथा रिसोर्ट खर्च २७ लाख ६३ हजार ३०७ खर्च गरेकोले उक्त खर्च रकम उचित नभएको, धुलिखेल साना किसान सहकारी संस्थामार्फत दुग्ध उत्पादन किसानलाई दिने अनुदानमा कुन्सित मनसाय राखि हुँदै नभएको कृषकहरुको विवरण बनाई प्रदेशमा पेश गर्दा अनुदान रकम प्राप्त नभई बास्तविक किसान मर्कामा परेकोले झुट्टा विवराण पेश गरी किसानलाई मर्कामा पार्ने संस्थाको खारेजी तथा त्यस संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई यथासिघ्र कार्वाहि प्रकृया अगाडी बढाउनुपर्ने समेत माग गरेका छन् । साथै प्रत्येक महिना नगरवाट भएका हर हिसाव खर्चको विवरण कार्यपालिकामा प्रस्तु गरी अनुमोदन हुनुपर्ने माग गरेको छ ।

     

     

     

    उपप्रमुख सहित ६ जना बडाअध्यक्षहरुले नगरमा गरेको मागपत्र ।

    उपप्रमुख सहित ६ जना बडाअध्यक्षहरुले नगरमा गरेको मागपत्र ।

    प्रतिक्रिया दिनुहोस