महालेखा परीक्षकको कार्यालयकोे २०७८/७९ को प्रतिवेदनले पनौती नगरपालिकाले मकरेमेलामा खर्च भएको रकम पारदर्शी नभएको जनाएको छ ।
महालेखाले खर्च पारदर्शी नभएको भन्दै खर्च भएको रकम बेरुजुमा समावेश गरेको छ । मकरमेला २०७८ को लागि भनेर छुट्टिएको ३ करोड ५५ लाख ३१ हजार मध्ये खर्चको अनुमोदन भएको भन्दा १४ लाख २८ हजार बढि खर्च गरेको तथा मकरमेलालाई लक्षित गरेर बनाएको पैदलयात्रु पुल निर्माणमा भएको भुक्तनी ६६ लाख ७३ हजार ०७८ रुपैया नियमविपरित भुक्तनी भएको रकम अनियमित भएको जनाएको हो ।
महालेखाले भनेको छ, स्थानीय उपभोक्ता समितिले निर्माणको काम मात्र गर्नपाउनेमा बोलपत्रबाट किन्नुपर्ने सामान समेत उपभोक्ता समितिवाट गराएकोले नम्समा भएको व्यवस्था अनुसार अनियमित देखिन्छ । प्रतिवेदन अनुसार छापाईमा, प्रचारप्रसारमा हुनुपर्ने भन्दा बढि खर्च भएको, सडक बत्ति जडान, स्वंसेवक व्यवस्थापनमा अनावश्यक रकम खर्च गरेको उल्नेख छ । त्यस्तै मकरमेलाकै नाममा पनौतीका सबै वडामा वडागत रुपमा खर्च भएको १ करोड ५४ लाख ५० हजार, मेला व्यवस्थापन नै भनेर वडाहरुमा वितरण गरेको १८ लाख ४५ हजार, वडाहरुलाई नै सास्कृतिक पहिरन खरिदको लागि भनेर दिएको १५ लाख ५९ हजार गरी कुल १ करोड ८८ लाख ६४ हजार अनावश्यक खर्च गरेको जनाएको छ । मेला हुने वडामा गर्ने दिने भन्दा पनि अन्य वडा तथा बजेट खर्च गर्न अख्तियारी दिनै नमिल्नेमा वडाका सबै विल म्यानुवल भौचर बनाएर खर्च गरेको भन्दै यस्ता खर्च पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने उल्नेख छ ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७९ मा कार्यपालिकाले बार्षिक बजेटको अधिनमा रहि कुनै शिर्षकबाट पुजीगत शिर्षकमा २५ प्रतिशत रकामान्तर गर्न सक्ने उल्नेख भएपनि चालु खर्च बाट ७ करोड ६६ लाख ३ हजार तथा पुजीगत शिर्षकबाटै थप ३९ करोड ३० लाख रुपैया रकामान्तर गरेको छ । त्यसमा पनि मकरमेला शिर्षकमा ७८ लाख रकामान्तर भएको छ ।
नगरपालिकामा आफ्नै नगरभित्र विद्यालय अनुगमन गरेको पनि भत्ता खाएको महालेखाले देखाएको छ । नगरपालिकाले संस्थागत तथा सामुदायिक विद्यालयमा संचालन भएका मन्टेश्वरी तथा वालविकास केन्द्रहरुमा प्रत्यक्ष रुपमा संचालन भएका शिक्षण सिकाईको अनुगमन गरी ३६ जना कर्मचारीले ४ लाख ८६ हजार खर्च देखाएका छन् ।
त्यस्तै नगरपालिकामा शिर्षक अनुसार खर्च नभएको तथा केहि भौचर परीक्षण गर्दा कन्टिन्जेन्सी मष्टरोलमा धेरै खर्च देखाएको छ । नगरमा अन्तर सरकारी अख्तियारीको कन्टिन्जेन्सी बाहेक ७५ लाख २८ हजार ३ सय २७ रहेको छ । यसमा लागि पालिकाले खर्चको बर्गिकरण गरेर परदर्शी बनाउनुपर्ने महालेखाले देखाएको छ ।
पालिकाले हेल्लो सरकारको कपी गरेर हेल्लो मेयर सञ्चालन गर्न भनेर ४ लाख ९८ हजार जाने सफटवेयर ल्याएर त्यतिकै थन्क्याएर राखेको महालेखाले जनाएको छ । मेसिन खरिद गरेपनि प्रयोगमा नआएको भन्दै सिघ्र प्रयोगमा ल्याउन भनेको छ ।
त्यस्तै भालेश्वर माध्यमिक विद्यालयले आफैले तयार गरेको लागत स्टमेडमा बनाईरहेको भवनलाई नगरपालिको प्राविधिक मुल्याङ्कन विना, रकमको प्रतिवेदन, सामाजिक परीक्षण नभई १ करोड ५० लाख २५ हजार रकमको प्रतिवेदन, सामाजिक परीक्षण नभई भुक्तनी दिएको उल्नेख छ ।
महालेखाको प्रतिवेनमा जग्गा प्राप्ती ऐन, २०३४ को दफा ३ क मा प्रदेश वा स्थानीय तहको लागि जग्गा आवश्यक परेमा नेपाल सरकार समक्ष अनुरोध गर्ने र नेपाल सरकारले जग्गा उपलब्ध गराउने प्रावधान विपरित जग्गा किनेको देखाएको छ । जग्गाको मुआब्जा निर्धारण गर्ने प्रमुख जिल्ला अधिकारी रहने समिति बनेर समितिले सिफारिस गरेपछि जग्गा खरिद गर्नुपर्ने भएपनि कमिशनको लोभमा पालिकाले १ करोड ५० लाखको जग्गा खरिद गरेको छ । नगरसभाले निर्णय गरेर खरिद गरेको भने पनि सभालाई बजेट छुट्याउने मात्र अधिकार भएपनि रकम तिरेको अनियमित भएको जनाएको छ ।
सार्वजनिक खरिद ऐन २०६३ को दफा ८ बमोजिम प्रतिस्पर्धा सिमित नहुनेगरी खरिद गर्नुपर्ने व्यवस्था छ । त्यस्तै सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को १ मा रु ५ लाख सम्म तथा सार्वजनिक खरिद नियमावली को मिति २०७८ चैत्र ३ को ११ संसोधनले १० लाख सम्मको सोझै खरिद गर्न सकिने जनाएपनि पनौती नगरपालिकामा ३४ लाख ९७ हजार ९९० को कार्यालय सामान, फर्निचर, अफिसटेवल लगायतको सामानको भुक्तानी भएको छ ।
महालेखा प्रतिवेदनमानै पनौती नगरपालिकाले आफ्नो क्षेत्रभित्रका खानीबाट नदिजन्य र खानी जन्य पदार्थको निकासीको लागि लगाएको ठेक्काको ४ किस्ता गरी लिनुपर्नेमा १७ करोड ५० लाख ७२ हजार २ सय ८० रुपैया संकलकबाट प्रप्त नभएकोले असुल गर्नुपर्ने जनाएको छ भने फरक शिर्षकमा जममा गरेको मुल्य अभिबृद्धि करलाई बास्तविक खातामा नै जम्मा गर्नुपर्ने भन्दै २ करोड १ लाख ४१ हजार ७३५ रुपैया सम्बन्धित खातामा जम्मा गर्न वा नगरे असुल गर्न भनेको छ ।
पनौतीको वेरुजु ३० करोड ३४ लाख
त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा पनौती नगरपालिकाको बेरुजु ३० करोड ३४ लाख २२ हजार छ । काभ्रेपलाञ्चोक जिल्लाका १३ स्थानीय तहमा यस बर्ष ७६ करोड २४ लाखभन्दा बढी बेरुजु रकम देखिएको छ । प्रतिवेदनमा पनौती नगरपालिका काभ्रेको १३ पालिका मध्ये सबैधन्दा बढि बेरजु भएको पालिका हो । पनौतीमा यस बर्ष असुल हुनुपर्ने बेरुजु १८ करोड ४७ लाख ५ हजार, कागजात पेश गर्नुपर्ने ८ करोड ६४ लाख ५८ हजार, अनियमितलाई नियमित गर्नुपर्ने ३ करोड २१ लाख ५९ हजार तथा पेश्की पछ्र्यौट गनुपर्ने बेरुजु १ लाख रहेको छ । पालिकामा हाल सम्म ५६ करोड ३१ लाख २४ हजार बेरुजु रहेको प्रतिवेदनमा उल्नेख छ ।
प्रतिक्रिया दिनुहोस