२०८० मंसिर २२, शुक्रबार | Fri, 08, Dec, 2023

काभ्रे काँग्रेसको जिल्ला सम्मेलन सम्पन्न

  • २०८० जेष्ठ ६, शनिबार मा प्रकाशित ६ महिना अघि
  • २०४ पाठक संख्या
  • नेपाली कांग्रेस काभ्रेले  जिल्ला सम्मेलन सम्पन्न गरेको छ ।

    विधानमा भएको व्यवस्था अनुसार गरिएको यो पहिलो जिल्ला सम्मेलनको नेपाली काँग्रेसका सह महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले एक कार्यक्रमका बिच उद्घाटन गरिन ।

    क्षेत्रीय प्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधी, कांग्रेस कृयाशिल सहभागी सम्मेलनमा बोल्दै सहमहामन्त्री  उपाध्यायले  स्वतन्त्र न्यायलयको पक्षमा कांग्रेस सदैव रहेको भन्दै अदालतले गर्ने निर्णय, फैसला कांग्रेसलाई स्विकार्य हुने तर्क गरिन ।  सामाजिक सञ्जाल प्रयोग गरी जनतालाई दिगभ्रमित पार्ने राजनीतिक शक्तिहरु मौलाइरहेको भन्दै उनले विचार, सिद्धान्त स्पष्ट भएका लोकतान्त्रिक शक्तिहरुमा भविष्य भएको बताइन ।

    काँग्रेसको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले सानो पार्टीको ठूलो नेता हुनुभन्दा इतिहास भएको, ठूलो पार्टीको कार्यकर्ता हुनुमा नै आफूलाई गर्व लागेको बताइन ।

    नेपाली कांग्रेस काभ्रेका सभापति एवं बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिँचाई मन्त्री तिर्थ लामाले संगठनको लक्ष्य, गन्तव्य पुरा गर्न विधानत सबै अनुशासित भएर लाग्नुपर्ने बताए ।  गतिहीन र दिशाहीन राजनीतिक दलको कुनै राजनीतिक भविष्य नभएको भन्दै गन्तव्य र अठोट स्पष्ट भएको नेपाली कांग्रेसलाई काभ्रेमा पहिलो पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई,  बाग्मती प्रदेशका महामन्त्री राजु श्रेष्ठ, काभ्रे कांग्रेसका अग्रज नेता इन्द्रमणि अधिकारी, पूर्व सहसभापति तिर्थबहादुर पसखल, उपसभापति ठाकूरप्रसाद न्यौपाने, रमेशप्रसाद हुमागाई, नेता अच्युतप्रसाद पौडेल, प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति दिनेश लामा लगायतले संगठन निर्माणमा जोड दिए ।

    सम्मेलनको बन्द सत्रले नेपाली कांग्रेसका काभ्रेका सचिव माधवप्रसाद ढकालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, सचिव गुणराज मुक्तानले पेश गरेको सांगठनिक प्रतिवेदन  र कोषाध्यक्ष जगन्नाथ गिरीले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतीले पारित भएको छ ।

    जिल्ला सम्मेलनकै अवसरमा स्वास्थ्य शाखाले गरेको कार्यक्रममा ६५ जनाले रक्तदान गरेका थिए भने २ सय १० जनाको आँखा परिक्षण गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस